माधव नेपालले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी बैठक बोलाएका छन्। आफू निकटका स्थायी कमिटी सदस्यहरुलाई २ बजे छलफलमा बोलाएको एक स्थायी कमिटी सदस्यले बताए।
उनले भने, ‘पछिल्लो राजनीतिक विकसित घटनाक्रमको बारेमा छलफल गर्न २ बजे बानेश्वर आसपास बस्ने सहमति भएको छ। ठाउँ निश्चित भइसकेको छैन।’
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनामा निर्णायक भूमिका खेलेका नेपाल समूह कसरी अघि बढ्ने भन्नेमा छलफल गर्ने ती नेताले बताए।
यता, अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक शनिबारबाट जारी छ। आज पनि ३ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा बैठक बस्दैछ। नेपाल समूह ओलीले बोलाएको बैठकमा सहभागी छैन।






