तालिबान सत्तामा फर्किएपछि सयभन्दा धेरै पूर्वसैनिक मारिएका ह्युमन राइट्स वाचको दाबी

काठमाण्डौ : अफगानिस्तानमा तालिबान समूह सत्तामा फर्किएपछि अफगान सुरक्षा बलका एक सयभन्दा धेरै पूर्वसदस्यको हत्या गरेको ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले दाबी गरेको छ ।

एचआरडब्ल्यूले सार्वजनिक गरेको प्रतिवेदनमा तालिबानका स्थानीय कमान्डरहरूले अहिले पनि पूर्वसैनिक वा प्रहरीहरूलाई निसाना बनाइरहेका उल्लेख छ । तालिबानका प्रवक्ताले बदलाको भावनाले हत्या गरिएको आरोपलाई अस्वीकार गरेका छन् तर तालिबानको नेतृत्वले नै आफ्ना लडाकुहरूलाई हत्याका लागि उक्साइरहेका एचआरडब्ल्यूले आरोप लगाएको छ ।

अमेरिकी सेना फर्किएपछि गएको अगस्ट महिनामा अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले त्यस बेलै बदलाको भावना नराख्ने बताएको थियो । तर तालिबानले सुरक्षा बलका पूर्वसदस्य र नागरिक समाजका व्यक्तिको हत्या गर्ने क्रम बढिरहेको प्रतिवेदनमा उल्लेख छ ।

तालिबान विश्वव्यापी मान्यताका लागि प्रयास गरिरहेको छ तर देशभित्र मानव अधिकारको अवस्था नाजुक बनेको ह्युमन राइट्स वाचको प्रतिवेदनमा उल्लेख छ । अफगानिस्तानमा यसअघि उपलब्ध भइरहेको अन्तर्राष्ट्रिय राहत सामग्री र आर्थिक सहयोग रोकिएका कारण आधारभूत वस्तुको सङ्कट पनि बढ्दै गएको छ ।

तालिबान सत्तामा फर्किएपछि सयभन्दा धेरै पूर्वसैनिक मारिएका ह्युमन राइट्स वाचको दाबी

एक फुटबल समर्थकलाई तीन वर्षको प्रतिबन्ध

तालिबान सत्तामा फर्किएपछि सयभन्दा धेरै पूर्वसैनिक मारिएका ह्युमन राइट्स वाचको दाबी

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

Leave a comment

Your email address will not be published. Required fields are marked *