कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत


सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

आज बसेको प्रदेश सभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् । एमालेको महाधिवेशनका कारण जिल्ला बाहिर रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन् ।

प्रदेश सभामा सभामुखसहित ३५ जना सांसद छन् । तर बुधबारको बैठकमा सहभागी २२ जना मध्य पक्षमा २२ जनाले नै मतदान गरेका छन् । मुख्यमन्त्री शाहीलाई कांग्रेसका पाँच, माओवादीका १२, समाजवादीका तीन र राप्रपका एक जना सांसदले मत दिएका हुन् ।

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

आज शेयर बजार सामान्य बढ्यो 

Leave a comment

Your email address will not be published. Required fields are marked *