२०८३ असार २ गते
×

Now Playing

एक फुटबल समर्थकलाई तीन वर्षको प्रतिबन्ध

काठमाडौं : इटालीका एक फुटबल समर्थकलाई खेलकुद इभेन्ट्समा तीन वर्षको प्रतिबन्ध लागेको छ ।

टेलिभिजनमा लाईभ दौरान महिला पत्रकारको नितम्बमा हिर्काएको कारण इटालीको प्रहरीले एक समर्थकलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो ।

ती व्यक्तिले टेलिभिजनमा फुटबलको लाईभ दौरान महिला पत्रकार ग्रेटा बेकाग्लियाको नितम्बमा हातले हानेका थिए ।

इटालियन सिरी ए अन्तर्गत इम्पोलीले फियोरेन्टिनालाई २(१ ले हराएको खेलमा उक्त घटना भएको हो ।

उक्त घटनापछि टोस्काना टेलिभिजनमा कार्यरत बेकाग्लियाले दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।

एक फुटबल समर्थकलाई तीन वर्षको प्रतिबन्ध

YUGAAWHAN NATIONAL DAILY (2078-8-015)

Leave a comment

Your email address will not be published. Required fields are marked *