राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित

काठमाडौं । राष्ट्रिय फुटबल टिमको आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले एक सूचना जारी गर्दै प्राविधिक कारणवश आजदेखि प्रशिक्षण गर्न नसकिएको र जुलाई ७ देखि प्रशिक्षण सुरु हुने जानकारी दिएको हो । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५० खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका थिए ।
साफ च्याम्पियनसिप र एएफसी एसियन कप चाइना क्वालिफायरमा लागि बन्द प्रशिक्षण सुरु गर्न लागिएको हो। यसअघि प्रकाशित एन्फाको सूचनाअनुसार ५० खेलाडीलाई दुई समूह बनाएर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण दिने तयारी गरिएको छ ।






