मावि च्युरामा सुचना प्रविधि प्रयोगशाला स्थापना

दुर्गा विसी
सल्लीबजार, १७ फाल्गुन ।
नेपाल सरकार सञ्चार मन्त्रालय तथा नेपाल दुर सञ्चार प्राधिकरणको सहकार्यमा स्थापना भएको सुचना प्रविधि प्रयोगशालाबाट कम्प्युटर पढ्ने विद्यार्थीहरु लाभान्वित भए का छन् । कम्प्युटर नदेखेका विद्यार्थी शैद्वान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास गर्न पाउँदा निकै खुसि छन् ।

यस थोरै कम्प्युटर हुदा प्रयाक्टिकलमा निकै समस्या थियोे तर त्यो समस्या केही हदसम्म कम भएको प्रधानाध्यापक गुमान सिंह विष्ट भनाई रहेको छ । विद्यार्थी धेरै भएकोले पालो कुर्नुपर्ने अवस्था छ । कक्षा ६–१० सम्म कम्प्युटर विषय पढाइ हुने गरेको छ । सायद बनगाड कुपिण्डे नगरपालिका भित्रमा सैद्धान्तिक कक्षा पढाइ भएपनि कम्प्युटर नहुदा प्रयोगात्मक ज्ञान लिएको देखिदैन ।

कम्प्युटर नै नदेखि कम्प्युटर पढाइ हुने गरेको छ । तर मावि च्युरामा भने अंश अघि १४ सेट कम्प्युटर थिए त्यो सँगै २४ सेट थपिएर ३४ सेट कम्प्युटर रहेको जनाएको छ । दैनिकी आइसिटी कलासमा रमाउँछ्न मावि च्युराका विद्यार्थी । विद्यार्थी धेरै भएकोले प्रयोगात्मकमा केही समस्या आए पनि आलोपालो अनुसार प्रयाक्टिक गराउने गरेको निमावि कम्प्युटर शिक्षक हुर्मत विक ।

त्यस्तै मावि शिक्षक लक्ष्मि रेग्मीका अनुसार प्रयोगात्मक अभ्यासलाई पहिलो प्राथमिकता दिएको जनाएको छ । सुचना प्रविधि प्रयोगशालासँगै ४ वटा सिसि क्यामरा समेत जडान गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *