बिपन्न परिवारलाई तीन लाखको खाद्यान्न बितरण

मिना खड्का

सल्यान, १७ चैत ।

सल्यानको दार्मा गाउँपालिकाकोे एक सय ५० भन्दा बढी विपन्न घरपरिवारलाई ३ लाख बराबरको खाद्यान्न बितरण गरिएको छ । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको निर्णयलाई सहयोग गर्न र विपन्न जनतालाई समस्यामा पर्न नदिन दार्मा गाउँपालिका वडा नं. ५ का विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो । वि.पि. बिचार राष्ट्रिय समाज सल्यानका जिल्ला सदस्य, तरुण दल दार्मा गाउँपालिका सल्लाहकार, नेपाली काँग्रेसका युवा नेता बिशाल सिंह र संयुक्त सिंहको परिवारले नेपाली काँग्रेस ढाकाडामका पूर्व संस्थापक नेता तथा हजुरबुवा भेद बहादुर सिहंको सम्झना स्वरुप प्रति व्यक्ति एक बोरा चामल, एक लिटर तेल, एक माक्स र एक वटा साबुन बितरण गरेका हुन ।

वडा नम्बर ५ निवासी उक्त परिवारले आफ्नै वडाका जलेखर्क, पातिहाल्न र ढाकाडाम कोटका विभिन्न वर्गलाई खाद्यान्न बितरण गरे । गाउँका बिपन्न वर्गमा अहिले परेको समस्याको मध्यनजर गरी बितरण गरिएको हो । खाद्यान्न कुनै पाटीगत नभई व्यक्तिगत रुपमा हजुरबुबाको सम्झना स्वरुप बितरण गरेको बताए । राष्ट्रमा संकट आएकाबेला हजुरबुबाको सम्झना स्वरुप अति आवश्यक सामान गाउँमा नै ल्याएर यसरी गरिएको कार्य सम्झना योग्य रहेको बताए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस दार्मा गाउँपालिका वडा नम्बर ५ का पार्टी सभापति कुल बहादुर चन्द, नेपाल बिद्यार्थी संघ कर्णाली प्रदेशका उपाध्यक्ष रमेश के.सी., नेपाली काँग्रेसका नेता धनराज चन्द, भुम चन्द, राम शाह, टेक बहादुर के.सी., तरुण दल सल्यानका जिल्ला सदस्य वीरेन्द्र चन्द, समाजसेवी हिम ब. चन्द, खुमराज चन्द, महेश हमाल, नोखिराज के.सी., ज्येष्ठ नागरिक खलु खत्री लगायतको सहभागिता रहेको थियो । यसरी गाउँमा नै बिभिन्न सामाग्री पाएपछि स्थानीय भिमि बि.क. ले यसरी नुन, चामल ल्याउन रुकुम जानुपर्ने भन्दै यसरी घरमै पाउँदा खुशी भएको बताईन ।

https://www.youtube.com/watch?v=cXJ3SK7hxkA

Leave a comment

Your email address will not be published. Required fields are marked *