दैलेखमा भदौं १० सम्म निषेधाज्ञा लम्बियो

अमर सुनार
दैलेख, ७ भदौं ।
जिल्ला प्रशासन कार्यालय दैलेखले ४ गतेदेखि सुरु भएको निषेधाज्ञा भदौं १० रातिसम्मका लागि लम्व्याएको छ । तीजमा भीडभाड रोक्न ४ दिन गरिएको निषेधाज्ञा थप ३ दिन बढाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो । थप गरिएको निषधाज्ञा अवधिमा औषधि पसल लगायत स्वास्थ्य सेवा, खानेपानी, इन्धन, कृषि उपज ओसारपसार लगायतका अत्यावश्यकीय सेवाहरु विहान ६ बजेदेखि ८ बजेसम्म र अपरान्ह ४ बजेदेखि ६ बजेसम्म खुला गरिने जानकारी दिइएको छ ।

स्वास्थ्य सचेतना र सुरक्षा सावधानीमा बेवास्ता भएको कारण समुदायमा कोरोना संक्रमण देखिन थालेपछि जिल्लाभरका निषेधाज्ञा जारी गरिएको र कडाईका साथ कार्यान्वयन गर्ने रणनीति लिइएको सहायक प्रजिअ इन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।  कर्णाली प्रदेशकै पहिलो कोरोना संक्रमित फेला पर्नेेदेखि प्रदेशका १० जिल्लामा सबै भन्दा धेरै संक्रमितहरु रहेको दैलेखमा अहिले एक हजार ३७ जना पुगिसकेका छन् । कोरोनाबाट प्रदेशमा चार जनाको मृत्यू हुँदा यो जिल्लामा तीनको ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणको संख्या अधिक भएकै कारण जिल्ला सदरमुकाम दैलेखबजारमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । भारतमा मजदूरी गर्नेहरु फर्किएपछि जेठको पहिलो सातादेखि दैलेखमा कोरोना संक्रमित फेला पर्न थालेका हुन् ।  भारतमा मजदूरी गर्नेहरु करिव ४० हजार अनुमान गरिएको र दुबै देशमा लकडाउन घोषणा भएकै समयमा वैशाख यता त्यहाँ मजदूरी गर्नेहरुको रोजगारी गुमेको कारण करिब १९ हजार युवाहरु जिल्ला फर्किएका छन् । तर स्थानीय तहरुहरुले १५ हजारको मात्र तथ्यांक राखेका छन्, चैतमा भित्रिएका करिव चार हजार नागरिकहरु सोझै घर गएका कारण उनीहरुको तथ्यांक नदेखिएको नेपाल बार एशोसियसनका अध्यक्ष माधवराज अधिकारीको टिप्पणी छ ।

कर्णाली प्रदेशमा दुई हजार दुई सय ४४ जना कोरोना संक्रमित पुष्टि भएको तीन महिना अवधिमा प्रदेशमै सबै भन्दा धेरै दैलेखमा एक हजार ३७ जनालाई कोरोना संक्रमण भएको छ । ती मध्ये नौ सय ७५ जना निको भई घर फर्किएका र ६२ जना आइसुलेसन अस्पताल र घरकै आइसुलेसनमा बसेका स्वास्थ्य सेवा कार्यालयका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

दैलेखमा भदौं १० सम्म निषेधाज्ञा लम्बियो

गुर्भाकोट कोप्चीमा योजना निरिक्षण, पार्टी प्रवेश

दैलेखमा भदौं १० सम्म निषेधाज्ञा लम्बियो

भगवतीमाईमा किसान कल सेन्टर स्थापना

Leave a comment

Your email address will not be published. Required fields are marked *