पूर्वराज्य मन्त्री बुढाको पहलमा डोल्पा पाँच बेलिब्रिज

लेख बुढा
डोल्पा, ७ भदौं ।
डोल्पा जिल्लाका विभिन्न ठाउँहरुमा अबको एक हप्ता दिन भित्र बेलिब्रिज निर्माणको टेण्डर खुल्ने भएको छ । डोल्पा जिल्लाबाट निर्वाचीत प्रतिनिधि सभाका संसद तथा संस्कृति पर्यटन तथा नागरीक उड्यान राज्यमन्त्री धन बहादुर बुढाको पहलमा डोल्पाका विभिन्न ठाउँहरुमा बेलिब्रिज निर्माणको लागि टेन्डर खोल्न लागिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक डिभिजन कार्यालय चौरजहारी अन्तरगत अबको केहि दिनमा डोल्पाको करबगार्ड खोला, खदागँ खोला, त्रिपुराकोट बगार, रुपगार्ड खोलामा वेलीब्रिज निर्माणको लागी डिपिआर सम्पन्न भएर टेण्डर प्रक्रिया सुरु हुन लागेको प्रतिनिधि सभा संसद तथा पूर्वराज्य मन्त्री धन बहादुर बुढाले बताए ।

छलगाड खोलाको लागी पनि बेलिब्रिज निर्माणको प्रक्रिया अगाडी बढाईएको सँसद बुढाले बताए । डोल्पा जिल्ला भौगोलिक हिसावले ठुलो र विकट साथै ठाउँठाउँमा खोला भएको कारण हाल पक्की पुल निर्माणको लागी समस्या हुने भएकोले पहिले बेलिब्रिज निर्माण गर्ने त्यसपछि पक्की पुल निर्माणको लागी पहल चाल्ने संसद बुढाले बताए ।

विभिन्न ठाउँहरुमा वेलीब्रिज निर्माण भएपछि स्थानिय र व्यवसायीहरुलाई यातायातमा राहात मिल्ने आशा रहेको पूर्वराज्य मन्त्री बुढाले बताए । डोल्पाको सदरमुकाम दुनै सम्म राष्ट्यि सडक सन्जालले छोएता पनि ठाउँठाउँमा पुलहरु नहँुदा यातायातमा यहाँका स्थानीय र व्यापारीहरुलाई सिधै आवतजावत गर्न समस्या भैरहेको छ ।

बेलिब्रिज निर्माण गर्न टेण्डर खोल्नको लागी पूर्व राज्य मन्त्री तथा प्रतिनिधि सभाका संसद धन बहादुर बुढाको ठुलो योगदान रहेको स्वकीय सचिव कमल बहादुर रोकायाले बताए । संसद बुढाले डोल्पाली जनताको हितको लागी जुनसुकै समयमा काम गर्न तयार रहेको पनि स्वकीय सचिव रोकायाले बताए । डोल्पा जिल्लामा सडक सञ्जालले छोएता पनि ठाउँठाउँमा पुलहरु नबन्दा र सडक मर्मत कार्य नगर्दा डोल्पाली जनता र व्यवसायीहरुले विभिन्न खाले समस्याहरु झेल्दै आईरहेका छन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *