प्रदेश सरकारले लगाएकाे मकै आश्रमलाई

सुर्खेत, ७ भदौ ।
कर्णाली प्रदेश सरकारले उत्पादन गरेका मकै मानव सेवा आश्रमलाई हस्तान्तरण गरिएको छ । जेठ १ गते श्रम दिवसको अवसर खा आश्रमलाई हस्तान्तरण गरिएको हो । उत्पादन बढाउन र जमिन बाँझो नराख्ने उद्देश्यले प्रदेश सरकारको रणनीति अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयको खुल्ला चौरमा प्रदेश सरकारले मकै खेति गरेको थियो ।
व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख सुरेशकुमार चौधरी लगायतको टोलीले मकै आश्रमलाई हस्तान्तरण गरेको हुन् । आश्रममा ४७ जना बस्दै आएका छन् । मानव सेवा आश्रम कर्णाली प्रदेश संयोजक सिर्जना ओलीले मकै उपलब्ध गराएको भन्दै प्रदेश सरकारलाई धन्यवाद दिइएन । उनले तरकारी खेती गर्न जमिन पर्याप्त भएता पनि टनेल नहुँदा महंगोमा तरकारी खरिद गर्नु परिरहेको बताउँदै टनेल निर्माणका लागि सहयोग माग गरिन् ।







