दैलेखका सबै पालिकाको हेल्प डेस्क गुराँसेमा

अमर सुनार
दैलेख, १० बैशाख ।
कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि जिल्ला संकट व्यवस्थापन केन्द्र दैलेखको बुधबार बसेको बैठकले जिल्लाका ११ वटै स्थानीय तहहरुले दैलेख प्रवेश गर्ने मुख्य नाका गुराँसेमा हेल्प डेस्क राखी आफ्नो पालिकाका बासिन्दाहरुलाई उपयुक्त सवारी साधनबाट लैजाने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

आफ्नो घर आउदै गरेका नागरिकहरुको बारेमा स्थानीय पालिकाहरुले जानकारी नपाइरहेको कारण क्वारेण्टाइनमा ल्याउन ढिलाई हुने र पैदल हिंड्दा यात्रुहरुलाई खानाबस्न समस्या पर्ने गरेको कारण नागरिकहरुको सुरक्षाका लागि यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका संयोजक प्रेमबहादुर थापाले बताउनुभयो ।

जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको उक्त बैठकले भारत र तेश्रो मुलुकबाट आएका नागरिकहरुलाई सिधै क्वारेण्टाइनमा राख्ने र नेपालभित्रबाटै कम जोखिम भएका ठाउँबाट आएकाहरुलाई वडाका जनप्रतिनिधिको निगरानीमा घरमै क्वारेण्टाइन नियम पालना गर्न लगाउने निर्णय भएको छ ।

बैठकले व्यवसाय, मजदूर वा काम विशेषले बाहिर जिल्लाबाट दैलेख आउने र दैलेख हुँदै साविकको कर्णाली जानेहरुलाई सुर्खेत जिल्लाबाट दिइने सवारी पास लिएकाहरु दिउँसो १२ बजेसम्म पठाउने व्यवस्था गर्न कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कटेलले जानकारी दिनुभयो ।

जिल्ला संकट व्यवस्थापन केन्द्रका सदस्यहरु इन्द्रदल गुल्मका सेनानी गणेश पन्त, सशस्त्र प्रहरी नायव उपरीक्षक जीवन भट्टराई, प्रहरी नायव उपरीक्षक हरिबहादुर ओली, दैलेख अस्तालतका इञ्चार्ज डा. निरञ्जन पन्त र सल्लाहकार द्वय जिल्ला समन्वय समितिका संयोजक प्रेमबहादुर थापा र नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काको उपस्थिति थियो ।

दैलेखका सबै पालिकाको हेल्प डेस्क गुराँसेमा

त्रिपुरासुन्दरी नगरपालिकाले विद्यार्थीलाई पैसा पठाउने

दैलेखका सबै पालिकाको हेल्प डेस्क गुराँसेमा

भेरीगंगामा राष्ट्रिय युवा संघद्वारा राहात बितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *