नेकपा निकट स्वास्थ्यकर्मीहरुको कमिटी गठन

सुर्खेत, ६ भदौं ।

नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र नेपला राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका स्वास्थ्यकर्मीहरुको संयुक्त भेलाले इकाइ कमिटी गठन गरिएको छ । प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगर नगरपालिकामा इकाइ कमिटी गठन गरिएको हो । प्रदेश अस्पताल सुर्खेतमा राम प्रसाद भण्डारीको संयोजकत्वमा ११ सदस्यीय इकाइ कमिटी गठन गरिएको छ ।

सहसंयोजकमा धनश्याम गिरी, कोषाध्यक्षमा प्रतिमा पन्त, सचिवमा रेशम भण्डारी, सदस्यहरुमा विन्दु कँडेल, दुर्गा थापा, अनुपमा विसी, राम रिजाल, सन्तोष बुढामगर, अशोक राना चयन भएका छन् । त्यसैगरी वीरेन्द्रनगर नगर कमिटी डम्मरी कँडेलको संयोजकत्वमा ११ सदस्यीय इकाइ कमिटी गठन गरिएको छ । सहसंयोजकमा युद्ध बहादुर मन्दिर, सचिवमा याम प्रसाद अधिकारी, कोषाध्यषमा महालक्ष्मी शाही, सचिवमा अम्मर बहादुर सुनार, सदस्यहरुमा भुवन हमाल, उषा सिंह, रमेश राना, लालमति वि.क., तुल्सी बोहोरा चयन भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष अम्मर रानाले जानकारी दिए ।

नेकपा निकट स्वास्थ्यकर्मीहरुको कमिटी गठन

YUGAAWHAN NATIONAL DAILY (2077-05-06)

नेकपा निकट स्वास्थ्यकर्मीहरुको कमिटी गठन

राजनीति र शिक्षक …

Leave a comment

Your email address will not be published. Required fields are marked *