पहिरोको डरले सिंगो गाउँ पालमुनि

हुम्ला, ७ साउन ।

जिल्लाको दक्षिणी क्षेत्रको एक गाउँ पहिरोको उच्च जोखिममा रहेपछि सिंगो गाउँ पालमुनि बस्नु परेको छ । वर्षेनि रुपमा वर्षायाम लागेपछि डर त्रासमा बस्नु परिरहेका बेला लगातार पानी पर्दा गाउँको छेउछाउमा पहिरो जान थालेपछि सुरक्षित बासको लागि पालमुनी बस्नु परेको हो ।

ताँजाकोट गाउँपालिका वडा ३ की सदस्य औकला सार्कीले गाउँको वरीपोरी पहिरो जानथालेपछि सिंगो गाउँबासी नै पालमुनि बसेको बताइन् । सदस्य सार्कीले वडा नम्बर ३ को उतिस्यानी गाउँको वरिपोरी पहिरो जान थालेपछि गाउँलेको सुरक्षित बास बस्नका लागि गाउँ भन्दा तलको चौरमा पाल हालेर बस्नु परेको हो । दैनिक पानी लगातार पर्ने भएको कारण २८ घरधुरीका गाउँले डर र त्रासकाबिच बसी रहेको बताउदै उनले सुरक्षित बासको ब्यबस्था नभए कुनै दिन गाउँ सामुहिक चिहान बन्ने बताइन् ।

गाउँपालिका जाँदा पालको ब्यबस्था गरिएपछि बस्न केही सहज भएको छ । सोही गाउँकी अर्की महिला धनमति सार्कीले पालिकाले पाल दिएर तत्कालका लागि बासको ब्यबस्था भएको बताइन् । पानी पर्दा पालमा पनि भिजेर बस्नु पर्ने अबस्था भएपनि पहिरोको जोखिमबाट भने गाउँले सुरक्षित भएकी छिन् ।

पहिरोको डरले सिंगो गाउँ पालमुनि

सल्यानी स्याउको स्वाद नचाखी के थाहा ?

पहिरोको डरले सिंगो गाउँ पालमुनि

सल्यानका दश स्थानीय तहको बेरुजु २२ करोड

Leave a comment

Your email address will not be published. Required fields are marked *