सल्यानी स्याउको स्वाद नचाखी के थाहा ?

सल्यान, ७ साउन ।

छिनछिनमा मौसममा आउने बदली । बादलको घुम्टोभित्रमा रातै भएर फलेका स्याउ देख्नेबित्तिकै जो कोहीको पनि मुख रसाउँछ । बनगाड कुपिण्डे नगरपालिका–९ जयतपानी पुग्ने जो कोही स्याउ बगैँचामा एक फन्को नमारी फर्किंदैन ।

चिसो चिसो मौसममा अर्गानिक स्याउ खान पाउँदा कसको मन न लोभ्याउला र ? झट्ट हेर्दा बिग्रेको, दाग लागेको देखिए पनि सल्यानी स्याउ चाखेपछि मात्रै त्यसको असली स्वाद थाहा हुन्छ ।

सल्यानी स्याउको विशेषता भनेको एक पटक खाएपछि यसको स्वादले पल्काइरहन्छ । विशुद्ध अर्गानिक भएकाले यसको स्वादसँग अन्य स्याउको तुलनै हुन सक्दैन । बन्दाबन्दीका कारण भारतीय र चाइनिज स्याउ बजारमा नआउँदा सल्यानी स्याउले राम्रो बजार पाइरहेको छ । स्याउको बगैँचामा पुगी आफैँले रोजेर स्याउ टिप्न पाउँदा ग्राहक पनि मख्ख पर्ने गरेका छन् ।

सल्यानी स्याउको स्वाद नचाखी के थाहा ?

एसईई परीक्षाको नतिजा ढिलो प्रकाशित हुने

सल्यानी स्याउको स्वाद नचाखी के थाहा ?

पहिरोको डरले सिंगो गाउँ पालमुनि

Leave a comment

Your email address will not be published. Required fields are marked *