विपन्न परिवारलाई विना र फेरीको खाद्य सहयोग
सुर्खेत, ६ साउन ।
विस्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण देशमा जारी लक डाउनको समयमा आर्थिक संकटमा परेका जाजरकोटका १५ विपन्न परिवारहरुलाई अमेरीकामा बस्ने दुइ महिलाहरुले खाद्य सहयोग गरेका छन् ।
जयचन्द्र मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित कुशेमालिका अनलाइनको समन्व्यमा अमेरिकाको सिटल वासिंगटनमा बस्ने नेपाली विना वोगटी र अमेरिकी नागरिक वाइ वेटटी डेल फियरोको आर्थिक सहयोगमा जाजरकोटको भेरी नगरपालिकामा बस्ने विभिन्न १५ अति विपन्न परिवारहरुलाई चामल, दाल, तेल नुन र चिनी वितरण गरिएको हो ।
वोगटी र फियरोका तर्फवाट प्राप्त ३७ हजार ८ सय २४ रुपैयामा प्रति परिवारलाइ २५ केजी चामल, ५ केजी दाल, २ केजी चिनी, २ पोका नुन र २ पोका तेलका दरले भेरी नगरपालिका वडा नम्वर ४ शान्तिचौतारावाट नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष एवम कुशेमालिका अनलाइनका सम्पादक जनक केसीले वितरण गरे । सम्पादक केसीले शान्ति चौतारामा सामान्य कार्यक्रम मार्फत भेरी नगरपालिका वडा नम्वर ३का वुद्धिवहादुर विक, देउरुपा वुढा, पशुपति नेपाली, मनकुमारी विक, सीता सुनार, विशाल सिंह, सुकिला नेपाली, तुल्सीराम वली, वडा नम्वर २ की पार्वती विक, वडा नम्वर ४ का ज्ञानु विष्ट, सुर्या सुनार, इन्द्रकुमारी शाही, रत्नवहादुर कार्की, लक्ष्मण विक र टटेलकी लाटीलाइ उक्त खाद्य सहयोग हस्तान्तरण गरेका छन् ।
लक डाउनको वेला मज्दुरी गर्न नपाएका र पारिवारमा आर्थिक आर्जनको लागि सक्षम सदस्य नभएर कमाइको श्रोत नभएका अति विपन्न परिवारहरुलाइ केहि मात्रामा भएपनि राहत पुगोस भन्ने हिसावले आफु र आफनो साथी फियरोले उक्त खाद्य सहयोग दिएको विना वोगटीले वताइन् । उनले मानवीय धर्म भनेकै सहारा विहिनलाइ साहारा दिनु र दुखीलाइ सहयोग गर्नु हो भन्ने सम्झेर आफुहरुले यो सहयोग गरेको वोगटीले वताइन् । धन भन्दा मन अहिलेको सन्सारमा सुख र शान्तिको पहिलो श्रोत भएकोले आफुहरुले दुखीहरुको सहयोगका लागि यो खाद्य सामाग्री जाजरकोटका विपन्नहरुलाइ दिएको विनाको भनाइ छ । खाद्य सहयोग हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष एवम कुशेमालिका अनलाइनका सम्पादक केसीले विपन्न जनतालाइ सहयोग गर्ने विना र फियरो दुवैजनालाइ धन्यवाद दिए । उनले आगामी दिनमा पनि सहयोगी हातहरुको सक्रियता निस्क्रिय नवनाउन दुवै जनालाइ आग्रह गरे ।