विपीको ३८ औं स्मृति दिवसमा वृक्षारोपण

सुर्खेत, ६ साउन ।
विपी कोइरालाको ३८ औं स्मृति दिवस सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली काँग्रेस सुर्खेतले स्मृति दिवसको अवसर पारेर वीरेन्द्रनगर वडा नम्बर ११ को सुब्बाकुनामा वृक्षारोपण कार्यक्रम गरेको छ ।

नेपाली काँग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मीले अहिले देशमा विपीको विचार अत्यावश्यक भएको बताएका छन् । अहिले देशमा जहाँतहाँ विवाद नै विवाद देखिएकाले ती विवादलाई समाधान गर्न विपिको मेलमिलाप नीति अंगिकार गर्नुपर्ने बेला आएको उनको भनाई भनाई छ । उनले विपीको समाजवाद देशमा लागु गर्न आवश्यक रहेको बताए । उनले वीपीले देखाएको बाटोमा हिड्न सके नसकेको आत्म समिक्षा गर्नु पर्ने बताए ।

आँप, धुपी अनार लगायतका विरुवा लगाइएको छ । कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारीहरु, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।






