सांसद र क्याम्पस प्रमुखमा कोरोना पुष्टि
सुर्खेत, ४ भदौ ।
कर्णाली प्रदेशका एक जना प्रदेशसभा सांसद र क्याम्पस प्रमुखमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । कर्णालीका बुधबार थपिएका ४३ जना कोरोना संक्रमितमध्ये एक जना सांसद र सुर्खेतको एक क्याम्पस प्रमुख रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
१ भदौमा जनस्वास्थ्य कार्यालय सुर्खेतमा स्वाब दिएका प्रदेश सांसद र क्याम्पस प्रमुखको पोजेटिभ रिपोर्ट आएको हो । यस्तै, एक जना रेडक्रसकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ भने हालै बाँकेको नेपालगञ्जमा उपचार गरेर फर्किएका एक जनामा पनि कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।