डा.केसीको समर्थनमा हस्ताक्षर संकलन अभियान

जुम्ला, ३ असोज ।
जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा नागरिक समाज जुम्लाले हस्ताक्षर संकलन सुरु गरेका छन् । डा. केसीको अनशनस्थल चन्दननाथ नगरपालिका–६ रानीचौरको धर्मशालामा ब्यानरसहित नागरिक समाज जुम्लाको अगुवाइमा हस्ताक्षर संकलन कार्य सुरु भएको हो ।

चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनमा बसेका डा. केसीको मागलाई ऐक्यबद्धता जनाउँदै नागरिक समाजले हस्ताक्षर संकलन कार्य सुरु गरिएको स्थानीय नवराज महतले जानकारी दिए । ‘चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनसनमा रहेका डा. केसीको समर्थनमा हस्ताक्षर संकलन कार्य सुरु गरिएको छ,’ उनले भने, ‘जनताका मागलाई लिएर आन्दोलन गर्नेको हामी सबैले समर्थन गर्नुपर्छ ।’

त्यस्तै, अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था सामान्य रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । डा. केसीको स्वास्थ्य अवस्था चेकजाँच गर्न खटिएका स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक डा. प्रवीण गिरीका अनुसार स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ ।

डा.केसीको समर्थनमा हस्ताक्षर संकलन अभियान

ट्राफिकले अटोबाट रकम असुलेको गुनासो

डा.केसीको समर्थनमा हस्ताक्षर संकलन अभियान

YUGAAWHAN NATIONAL DAILY (2077-06-03)

Leave a comment

Your email address will not be published. Required fields are marked *