काँग्रेस सभापति देउवा कन्ट्याक्ट ट्रेसिङमा

काठमाडौं, १ असोज ।
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । आफ्नो निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा बसेका हुन् ।

सचिवालयमा कार्यरत चार जनाको रिपोर्ट नेगेटिभ आए पनि एक जनामा पोजिटिभ देखिएकाले उनी होम आइसोलेसनमा रहेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले एक जनामा पोजेटिभ रिपोर्ट देखिएको जानकारी दिए ।
यसैका कारण संवैधानिक आयोगहरुमा गरिने नियुक्तिका सम्बन्धमा प्रधानमन्त्रीसँग हुने भनिएको बैठकमा पनि सभापति देउवा सहभागी नहुने भएका छन् । देउवाको स्वाब पनि परीक्षण गरिँदैंछ । उता कांग्रेस महामन्त्री डा। शशांक कोइराला पनि कोरोना संक्रमण देखिएपछि ओम अस्पतालमा उपचाररत छन् । हाल उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।






