कुलमानको पुनर्नियुक्तिको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, ३१ भदौ ।

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै बुधबार राजधानीमा प्रदर्शन भएको छ । मंगलबार प्राधिकरणले कुलमानको बिदाइ गरेसँगै उनका समर्थकहरुले पुनर्नियुक्तिको माग गर्दै राजधानीको बालाजु, माइतीघरलगायतका स्थानमा प्रदर्शन गरेका हुन् । उनीहरुले लोडसेडिङमुक्त गर्ने कुलमानलाई पुनर्नियुक्ति गर्नुपर्ने आशयको ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट चार वर्षे कार्यकाल सकेर बिदा भएका घिसिङलाई फेरि नियुक्त गर्नुपर्ने माग राखेर माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले तितरवितर पारेको छ।

घिसिङलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न माग गर्दै समर्थकहरूले बुधबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रिएकालाई तितरवितर पार्न प्रहरीले पानीका फोहरा समेत प्रहार गरेको थियो।

घिसिङ बुधबार प्राधिकरणबाट बिदाइ भएका थिए। नेपालमा लोडसेडिङ घिसिङकै नेतृत्वमा हटाइएको भन्दै उनलाई नै प्राधिकरणमा निरन्तरता दिन समर्थकहरूको माग छ।

तर ऊर्जा मन्त्रालयले भने गत सोमबारको मन्त्रिपरिषद बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिबारे प्रस्ताव नै लगेको थिएन।

सेतोपाटीबाट साभार

कुलमानको पुनर्नियुक्तिको माग गर्दै माइतीघरमा प्रदर्शन

खेलाडीलाई खेलकुद सामाग्री वितरण

कुलमानको पुनर्नियुक्तिको माग गर्दै माइतीघरमा प्रदर्शन

बैङ्कहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, सवारी र

Leave a comment

Your email address will not be published. Required fields are marked *