विद्यालयको पर्खाल भत्किदा चार जना घाईते

तुलराज पाण्डे
कालिकोट, २९ साउन ।
कालिकोट जिल्लाको पलाँता गाउँपालिका वडा नं. ९ मा विद्यालयको पर्खाल भत्किँदा एकै परिवारका चार जना घाईते भएका छन् । पलाँता गाउँपालिकाको वडा नं. ९ निवासी बर्ष ५० का सकश बमका बर्ष ३ का नाति र ६ महिने शिशु नातिनि, बाबू आमा गरी ४ जना घाईते भएका छन् ।

घाईते मध्ये ६ महिने शिसुको स्वास्थ्य अबस्था भने गम्भीर रहेको छ । पलाँता गाउँपालिकाले बेल्केढुंगा बड पाती हाल्ना सडक निर्माणको क्रममा उहाँको घर भत्किए पछि २ बर्ष देखि उषाकिरण बाल बिकास केन्द्रको भवन मा बस्दै आएका उनीहरु गाउँपालिकाले सडक निर्माणको क्रममा घर भत्किएको थियो ।

२ लाख ५० हजार दिएको थियो । सो रकमले सडकको १५ मिटर जति ग्याबिन वाल र घरको लागि आबश्यक पर्ने जग्गा खार्न मात्रै भएको ले घर लगाउन कठिनाई भएको सकश बम बताउनुभयो । गाउँपालिकाले ९ लाख पचास हजार दिने सहमति भएको करिब २ बर्ष बितिसक्दा पनि अहिलेसम्म आफुलाई सम्झौता अनुसारको रकम नदिएको बमले बताउनुभयो । आफ्नो आर्थिक अबस्थामा कमजोर भएकै कारण अहिलेसम्म घर न बनाएरै बिद्यालयकै छानोमुनिको बास बिताउन बाध्य भएको उहाँको भनाई छ ।

विद्यालयको पर्खाल भत्किदा चार जना घाईते

नेकपामा केद्रीय कमिटी विघटन गरी, महाधिवेशन आयोजक

विद्यालयको पर्खाल भत्किदा चार जना घाईते

जाजरकोटमा खोला तार्दै, हजार तिर्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *