नेता माधब नेपाललाई कार्यकर्ताको खुल्ला पत्र

आदरणीय कम्रेड अभिबादन
उपरोक्त सम्बन्धमा आज २०७७ भाद्र २६ गते नेकपा केन्द्रिय कमिटी, स्थायी कमिटी बैठक आयोजानाको पूर्ब सन्ध्यामा यो पत्र नेपालको पिछडिएको दुर्गम कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कोर्दै छु । नेकपा एकता भएको झण्डै २८ महिना भै सकेको छ । पत्रमा बुँदागत रुपमा राख्ने कोशिस गर्दैछु ।

१. तपाईले जटिल प्रतिकुल बेला झण्डै १५ वर्ष तत्कालिन नेकपा एमाले पार्टीको नेतृत्व गर्नुभयो । स्थापित मुल्य मान्यतालाई तपाईंको सचिबालयमार्फत तथ्य, तथ्यांकसहित सार्बजनिक गर्नु जरुरी छ । जसले तपाईंले उठाएका विधि, प्रणाली, पद्धति बारे तपाईंको लामो यात्राले सिद्ध गर्नेछ ।

२. पार्टी एकता पश्चात् हाम्रो पार्टी जसरी चल्नु पथ्र्याे चलेन । बैठकको नियमितता, समय मै एकता प्रक्रिया टुंगिने, न्यायोचित अबसर बितरण, योगदान, क्षमता, योग्यता र योग्यहरुलाई उचित स्थान भयो भएन समिक्षासहित अब यसमा सुधार गर्न जरुरी छ । जुन भोलीको बैठक कोसेढुंगा साबित होस यसमा तपाईंको भुमिका अहम हुनेनैछ ।

३. यदि पार्टी कार्यालय सहि रेकर्ड छ भने ८ लाख कार्यकर्ताको सहि परिचालन, देश विकासमा लगाउने बिधि प्रणाली स्थापित गर्नुपर्नेछ ।

४. अन्य पार्टीको तुलना मा नेकपा ठूलो नै छ । अब पार्टीको ओज बढने गरी आम नेपालीको मुल प्रवाहको पार्टी यो नै हो भन्ने आत्म बिश्वास दिलाउनु आजको चुनौती हो । बहस होस ।

५. उमेर हद, एकै ब्यक्तीलाई कति पटक प्रतिनिधिको भुमिका दिने होस संबैधानिक निकाय मा कस्ता र कति पटक नियुक्तिको अबसर दिने । बिधिको खाँचो देखिएको छ ।

६. आजिबन निजामती सेवामा निबृत्ती हुने अबकाशपछि सरकारी नियुक्ति दिनाले देशमा भ्रष्टाचार मौलाएको छ । यो विधि तोड्नु पर्छ । यस्ता नियुक्ति खुल्ला गरिनुपर्छ । राजनीतिक रुपमा योगदान पु¥याएका क्षमतावान व्यक्तिहरुबाट नियुक्ति गरिनुपर्ने,

७. यदि समाजवादको बाटो तय हो भने के के आधार बनाइँदै छन् । मन्त्री नियुक्ति गुटका आधार मा होइन कि बिषय बिज्ञलाई चयन गर्दै कार्यसम्पादन मुल्यांकन प्रणाली लागू होस ।

८. नेकपामा लागेका सबैले आफ्नो भबिष्य देखेको बनाउन जरुरी छ । बहसको थालनी होस ।

९. सबै नेपालीलाई कामको ग्यारेन्टी गर्न जरुरी छ । रोजगार मन्त्रालयमार्फत रोजगारी सिर्जना होस । कृषि, बन, सिंचाइ, पशुपालन आदि मा ठुला आयोजाना स्थापना गर्दै लाखौंको रोजगारी सिर्जना होस । बैठकमा योजना पेश होस ।

१०. पदको पछि होइन कि ५० औं बर्ष समाजबादी ब्यबस्था स्थापना लागि विधि पद्धतीको अझै बहस होस ।

११. निजामती सेवा अझै प्रभावकारी बनाउन बहस होस । संबैधानिक निकायमा नियुक्ति असल छवि भएका पार्टीभित्र, बाहिरबाट ल्याउन पाउने कानुनी अभाब छ बहस होस । \

१२. जनप्रतिनिधिहरु, पार्टी नेताहरूका लागि निश्चित आचारसंहिता अभिलम्ब जारी होस । सुबिधा मोह विरुद्ध नीति बनाइयोस । तीन तहका सरकारको काम को प्रभावकारिताको लागि बहस होस ।

१३. नाताबाद कृपाबाद, सम्पत्ति थुपार्ने, सरकारी काम होस पार्टीभित्र होस भनसुन प्रथा तत्काल निरुत्साहितको बहस होस ।

१४. हाम्रो स्वाभिमान, हाम्रो श्रोत, साधन गरिबी, दुर्गम आदी हाम्रा पहिचान भएपनि अब यस विरुद्ध लड्ने रणनीति बनाई नागरिकमा ढुक्कसँग सरकार र पार्टी छ भन्ने बिश्वास दिलाउनु जरुरी छ । कमि देखिएका सन्दर्भ मा बहस होस ।

१५. बिचारको बहस महाधिवेशनमा होस, बैठक भित्र भएका असहमति सार्बजनिक स्थानमा बाहिर आउँदा सहमती होस, राजनीति भित्र कार्यकर्तालाई भएको अन्याय आउँदा दिनमा हुन्न भन्ने भरपर्दो नीति बनोस ।

१६. विधि, बिधान प्रतिकुल अवस्था बाहेक कडाईका साथ लागू होस । पार्टीले सरकारलाई नेतृत्व देहोस । पार्टीले पारित गरेका बहस गरेका छलफल गरेका एजेन्डानै सरकारका निति र कार्यक्रममा झल्काउने कार्य होस प्रणालीका लागि बहस होस ।

यी सुझाब बारे तपाईं जानकार हुनुहुन्छ । तपाईंले विधि पद्धति र प्रणालीको बहस नथालेको भए आज पार्टी महासंघ भै सक्थ्यो होला । तपाईंले के पाउनु भयो यो कुनै कुरा होइन । यदि कार्यकर्ता को ब्यबस्थापनको लागि पार्टी भित्र बहस जरुरी छ । तपाईं यसैमा गर्व गर्नुहोस् यो पार्टीमा अनुभवी, योग्य क्षमता भएका त्यागी अनुशासन भएका नेताहरूको कमी छैन पार्टीका अघिल्लो पुस्ता वा नेतृत्वमा रहेका आदरणीय नेताहरूले परामर्श गर्ने, क्षमताको उपयोग गर्ने प्रणाली स्थापित होस । तपाईं कमिटीमा अल्पमत पर्नुहोस वा बहुमत तपाईंको लामो नेतृत्वदायी भूमिकाको यो पार्टीमा स्थापित सिद्धान्त अनुरुपको नीति, विधि, प्रणाली र पद्धतिको बहस सार्थक हुँदै गएको छ । तपाईंमा निरासा नहोस । आजको स्थायी कमिटी बैठकमा निकासको सहि मार्ग तपाईंको हात मै छ अध्यक्ष कम्रेडहरुले प्रस्तावित सहमति को खाका बाहिर आएको छ अझै बहस होस । म कहाँ पुग्छु भनेर होइन कि देश कता जाँदै छ भन्ने बहस होस अग्रिम शुभकामना ।

उही :- क. हरिप्रसाद अधिकारी (९८४८०२२२८६)
नेकपा जिल्ला कमिटी सदस्य तथा सचिव चौकुने गाउँँपालिका कमिटी, सुर्खेत ।

नेता माधब नेपाललाई कार्यकर्ताको खुल्ला पत्र

क्रिकेट टोलीका खेलाडीले पाए एक वर्षको पारिश्रमिक

नेता माधब नेपाललाई कार्यकर्ताको खुल्ला पत्र

काँग्रेस नेता थानीलाई पितृ शोक

Leave a comment

Your email address will not be published. Required fields are marked *