कोरोनाबाट मृत्यु नभएका ३२ जिल्ला

काठमाडौं, २५ भदौ ।

देशभरि अहिलेको कोरोनाको सन्त्रास छ । कोरोनाका कारण धेरै जनाको अकालमै मृत्यु पनि भइरहेको छ । तथ्यांक अनुसार अहिलेसम्म मुलुकभरिमा कोरोनाका कारण ३१२ जनाको ज्यान गइसकेको छ । मुलुकमा कोरोना संक्रमति फेला परेदेखि पछिल्लो ६ महिना यता देशभरिमा करिब ५० हजार मान्छे कोरोना संक्रमित भएका छन् ।

दिनहुँ कोरोना संक्रमित बढ्न थालेपछि सबैतिर भयावह अवस्था सृजना भएको छ । देशभरिका अधिकांश जिल्ला कोरोनाको चपेटामा परेको छ । सबै ठाउँबाट प्रायः गरी मृत्यु र संक्रमणकै खबर आइरहेको छन् । नेपालका ७६ जिल्लामध्ये लगभग आधा जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शून्य छ । जुन सुखद खबर हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशको ३२ जिल्लामा एक जनाको पनि भएको मृत्यु छैन । ती जिल्लाहरूमा संक्रमित संख्या भए पनि अहिलेसम्म कोरोनाबाट मृत्यु नभएको तथ्यांक छ ।

हालसम्म कोरोना संक्रमणबाट एक जनाले पनि ज्यान नगुमाएका जिल्लाहरूको सूचीमा डोटी, कञ्चनपुर, नवलपरासी पूर्व, बैतडी, डडेलधुरा, सल्यान, लमजुङ, जुम्ला, पर्वत, इलाम, कालीकोट, रोल्पा, नुवाकोट, सिन्धुली, रुकुम पश्चिम, रामेछाप, जाजरकोट, दार्चुला, धनकुटा, खोटाङ, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम, भोजपुर, पाँचथर, ताप्लेजुङ, रसुवा, रुकुम पूर्व, सोलुखुम्बु, मुगु, हुम्ला र मनाङ छन् ।

बाँकी ४५ जिल्लाका जम्मा ३१२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु नभएका ३२ जिल्ला

नौ हजार मेट्रिक टन खाद्यान्न मौज्दात

कोरोनाबाट मृत्यु नभएका ३२ जिल्ला

एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न नयाँ कानुन

Leave a comment

Your email address will not be published. Required fields are marked *