भेन्टिलेटर र आईसीयू सेवा सुरु

दैलेख, २४ भदौ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि कर्णाली प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुमा पूर्वाधार विकास गरिएको छ । महामारीकै बेला स्वास्थ्य सेवा कार्यालय अन्तरगर्तको दैलेख अस्पतालमा आईसीयू सेवा सञ्चालनमा आएको छ ।

आवश्यक उपकरणहरु जडान भएपछि सघन उपचार कक्ष (आइसीयू) सेवा सञ्चालन गरिएको हो । अस्पतालका प्रमुख डा. निरञ्जन पन्तका अनुसार दुईवटा भेन्टिलेटरसहितको पाँच बेडको आइसीयू सेवा सञ्चालनमा ल्याइएको हो ।

सेवा सञ्चालन भएपछि सिकिस्त (नियमित अक्सिजन चाहिने) बिरामीहरुको उपचार थालिएको डा. पन्तले बताए । भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालनमा ल्याइसकेकाले जटिल प्रकारका बिरामीहरुको उपचारमा सहज हुने उनले बताए । भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालन भए पनि नियमित अक्सिजनको अभाव खड्किएको छ ।

‘अहिले सिलिन्डरमा भरेर अक्सिजनको व्यवस्था मिलाएका छौ,’ डा. पन्तले भने, ‘भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालन गर्न अस्पतालमा मौजुदा नर्सिङ कर्मचारीहरुलाई तालिम दिने तयारी थालेका छौं ।’ संघीय सरकारको एक करोड बजेटबाट भेन्टिलेटरसहितका सघन उपचार कक्ष (आइसीयू) सञ्चालनमा ल्याइएको हो । डा. पन्तका अनुसार झण्डै ९५ लाख रुपैयाँ लागतमा सेवा सञ्चालनमा ल्याइएको हो ।

भेन्टिलेटर र आईसीयू सेवा सुरु

खोप र प्रसुती सेवा पाउँदैनन् डोल्पाली

भेन्टिलेटर र आईसीयू सेवा सुरु

सहुलियत कृषि कर्जा बारे

Leave a comment

Your email address will not be published. Required fields are marked *