उद्यम बिकास सहजकर्ता संघको भेला
प्रचण्ड खत्री
रुकुम पश्चिम, २२ साउन ।
रुकुम पश्चिममा अर्को संघ निर्माण गरिएको छ । रुकुम पश्चिम उद्यम विकास सहजकर्ताहरुको भेलाले उद्यम बिकास सहजकर्ता संघ गठन गरिएको हो । बुधबार मुसिकोट खलंगामा भएको भेलाले तदर्थ समिति गठन गरेको छ । प्रथम साधारण सभा नहुन्जेलसम्म समितिले प्राथमिकता पाउने उद्यम बिकास सहजकर्ता संघले जनाएको छ ।
खलंगामा भएको भेलाले कबिता बोहराको अध्यक्षमा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा निरपेश ढकाल, सचिबमा हिमाल बुढा, सहसचिबमा सिता बुढाथोकी, कोषाध्यक्षमा कमला बुढा चयन भएको नवनिर्वाचित अध्यक्ष कबिता बोहराले जानकारी दिनुभयो छ । सबै स्थानीय तहका सहजकर्तालाई मिलाएर गठन गरेको बताएको छ ।