गरिबी पहिचानका लागि सुचिकृत हुने समय सकिँदै

दुर्गा विसी
सल्लीबजार, २१ साउन ।
गरिबी निवारणका लागि लक्षित कार्यक्रमको सुचिकृतको कामको समय अबधि सकिन थालेको छ । बनगाड कुपिण्डे नगरपालिका र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा आर्थिक असमानता कम गरी गरिबिमुक्त गर्ने अभियान जारी रहेको जनाएको छ । सामाजिक सुरक्षा लगायत राज्य वा गैर राज्यबाट प्रदान गरिने सेवामा गरिविको पहुँच सुनिश्चित हुने लक्ष लिएको नगरपालिकाले जनाए छ ।

यस नगरमा गरिविको रेखामुनी रहेको नागरिकको पहिचान गरी जतिसक्दो चाँडै गरिव घरपरिवारलाई लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले गणकहरुबाट घरधुरी सर्वेक्षण भएकोले अझै कोही छुटपुट हुन पुगेकोले जतिसक्दो चाँडै नगरमा सम्पर्क राखी यस कार्यमा सहयोग पुरयाउन कार्यक्रमका सुपरभाइजर निरुता शाहीले अनुरोध गर्नुभएको छ ।

कोही छुुटेको भए जतिसक्दो चाँडै यही श्रावण मसान्तसम्म कार्यालयमा सम्पर्क राखी सुचिकृत हुन सहयोग पु¥याउन अनुरोध गरिएको छ ।गरिव पहिचान गरि गरिवि हटाउने र निवारण गर्ने राज्यको उद्देश्य र यस नगरको गरिबी हटाउने लक्ष अनुरुप काम अघि बढिरहेको जनाएको छ । गणकहरु घरदैलोमा पुगेर गरिब तथ्यांक संकलन भएता पनि कहि कतै छुटेको भए सम्पर्कमा आउन अन्तिम पटक नगरले ताकेता गरेकोे छ । जतिसक्दो चाँडै यस नगरमा गरिबी परिचयपत्र वितरण कार्यक्रम हुने जनाएको छ ।

गरिबी पहिचानका लागि सुचिकृत हुने समय सकिँदै

YUGAAWHAN NATIONAL DAILY (2077-04-21)

गरिबी पहिचानका लागि सुचिकृत हुने समय सकिँदै

कर्णाली प्रदेश कार्यालय बाँकेबाट चलेपछि…

Leave a comment

Your email address will not be published. Required fields are marked *