भरिन थाले मुगुका रित्ता खाद्य गोदाम

मुगु, १८ असोज ।

हिमाली जिल्ला मुगुमा रहेका खाद्यान्नका रित्ता गोदाम तथा डिपोहरू भरिन थालेका छन् । नेपाल खाद्य व्यापार कम्पनी शाखा कार्यालय मुगुले गत भदौ ५ मा माग गरेको ६ हजार क्न्विन्टल खाद्यान्न कम्पनीको मुख्यालय थापाथलीले नपठाए पनि वार्षिक कोटाको खाद्यान्न आएपछि रित्तिएका डिपो तथा गोदामहरू भरिभराउ भएका हुन् ।

सदरमुकाम गमगढी बजारलगायत जिल्लाका डिपो तथा बिक्री केन्द्रहरूमा रहेका गोदामका लागि १९ हजार ५ सय क्न्विटल खाद्यान्न आएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुका कार्यालय प्रमुख कर्णबहादुर रावलले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्ष ०७७÷७८ लागि मुगुमा १९ हजार ५ सय क्वीटल खाद्यान्न ठेकेदारसँग सम्झौता भई नेपालका विभिन्न जिल्लाबाट ढुवानी भइरहेको छ । ‘केही महिनाअघि सदरमुकाम गमगढी बजारमा जम्मा साढे ५ सय क्न्विटल मात्र खाद्यान्न स्टक थियो । त्यो पनि अति आवश्यकबाहेक अन्यलाई बिक्री वितरणमा रोक लगाएका थियौं’, रावलले भने ।

अहिले बाहिरका संस्थाबाट खाद्यान्न आपूर्ति भइरहेको छ । सदरमुकाम गमगढीस्थित व्यापार कम्पनीका लागि ११ हजार क्न्विन्टल, डिपो कार्यालय सोरुकोटमा २ हजार, डिपो श्रीकोट १ हजार, डिपो पुलु ७ सय ५० , बिक्री केन्द्र कालैमा ३ हजार र बिक्री केन्द्र रातापानीका लागि ७ सय ५० क्न्विन्टल खाद्यान्न सम्झौता भई ढुवानी प्रक्रिया अघि बढेको उनले बताए । खरिद गरिएको खाद्यान्न नेपालगन्ज, धनगढी, सुर्खेतबाट ढुवानी भइरहेको रावलले जानकारी दिए । उनका अनुसार कोरोना महामारीका गरिएको लकडाउनले सदरमुकाम गमगढी बजारमा खाद्यान्न अभाव भएको थियो । ‘खाद्यान्न अभावलाई दृष्टिगत गरेरै काठमाडौंस्थित प्रधान कार्यालयमा पटक–पटक ताकेता गर्दा बल्लबल्ल जिल्लाका लागि १९ हजार ५ सय क्न्टिल खाद्यान्न आपूर्ति भएको हो’, कार्यालय प्रमुख रावलले भने ।

भरिन थाले मुगुका रित्ता खाद्य गोदाम

महिलालाई दिसा खुवाउने सात जना पक्राउ

भरिन थाले मुगुका रित्ता खाद्य गोदाम

जुम्लामा लगाइएको निषेधाज्ञा हट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *