डिप बोरिङले भूमिगत जल भण्डार रित्तिदै
वीरेन्द्रनगर–३ तातापानी क्षेत्रका अधिकांश घरमा इनार सुख्खा छन् । यसको एउटै प्रमुख कारण हो खानेपानीका डिप बोरिङ प्रयोगमा ल्याउनु । व्यक्तिगतदेखि व्यवसायिक डिप बोरिङका कारण इनार सुकेपछि स्थानीयवासीलाई पानीको जोहो गर्न हम्येहम्ये परिरहेको छ । घरमा इनार सुकेपछि तातापानी क्षेत्रका घरधुरी पानीविहीन बन्न थालेका छन् । वर्षौदेखि नसुकेका इनार यो वर्षको खडेरीमा सुकेपछि खानेपानीदेखि शौच […]



