जुम्लामा मलाई हराउन ठूलो खेल भयो : नरेश भण्डारी

काली बहादुर परियार
जुम्ला ,२७ फाल्गुन ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारीले जुम्लामा आफूलाई चुनावमा हराउन सुनियोजित रूपमा ठूलो राजनीतिक चहलखेल भएको आरोप लगाएका छन् ।

सोमबार पातारासी गाउँपालिकाको लासी बजारमा आयोजित समीक्षा बैठकलाई सम्बोधन गर्दै भण्डारीले आफू बलियो उम्मेदवार भएकै कारण विभिन्न पक्षहरू मिलेर पराजित गराएको दाबी गरे ।

उनले चुनावी परिणाम प्रति असन्तुष्टि व्यक्त गर्दै आफूविरुद्ध भित्रभित्रै योजनाबद्ध खेल भएको आरोप लगाए । भण्डारीले भने, हामीलाई बलियो देखे पछि धेरै शक्ति एकै ठाउँमा मिलेर लागे । बलियो व्यक्तिलाई ढाल्न दुई चार जना मिलेर खुट्टा लट्ट्याए जस्तै भयो ।

उनले आफ्नो पार्टी भित्रैबाट समेत असहयोग भएको संकेत गर्दै स्थानीय तहको निर्वाचनमा नेकपा बाट उपाध्यक्ष जितेका एक नेताका श्रीमान् नै आफ्नो विरुद्ध सक्रिय भएको बताए ।

हाम्रै पार्टीबाट उपाध्यक्ष जितेका नेताका श्रीमान् नै हाम्रो पछि लागेपछि अरू कसको कुरा गर्ने ? भण्डारीले भने, यसले देखाउँछ कि मलाई हराउनका लागि भित्रैबाट पनि खेल भएको थियो।

उम्मेदवार भण्डारीका अनुसार, जुम्लामा एमाले, कांग्रेस र राप्रपा बाहेक अन्य धेरै उम्मेदवारहरू आफूलाई कमजोर पार्ने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएको दाबी गरे । विभिन्न चुनाव चिन्ह बोकेर मैदानमा उत्रिएका उम्मेदवारहरू वास्तवमा आफूविरुद्धको योजनाकै हिस्सा भएको उनको आरोप थियो ।

भण्डारीका भने, गुलाबको फूल, आँखा, कमलको फूल तथा गाडी जस्ता चुनाव चिन्ह लिएर उम्मेदवार बन्नेहरू बाहिर बाट फरक देखिए पनि भित्रभित्रैको उद्देश्य भने मलाई हराउनु नै रहेको थियो ।

उनले चुनावी परिणामलाई सामान्य प्रतिस्पर्धा मात्र नभई राजनीतिक गठजोड र रणनीतिक चलखेलको परिणाम भएको बताए । साथै आगामी दिनमा जनताको साथ र विश्वासलाई अझ बलियो बनाउँदै राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

समीक्षा बैठकमा सहभागी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भण्डारीले निराश नहुन आग्रह गर्दै भने, हामी पराजित भएको होइनौ, हामीलाई हराइएको हो । जनताको समर्थन हाम्रो साथमै छ, त्यसलाई अझ मजबुत बनाउँदै अघि बढ्न सुझाव दिए ।

जुम्लामा मलाई हराउन ठूलो खेल भयो : नरेश भण्डारी

चुनावी झट्का: कर्णालीमा एमालेको आधार चिराचिरा

जुम्लामा मलाई हराउन ठूलो खेल भयो : नरेश भण्डारी

डाक्टर नपाउने जुम्लामा चिकित्सा शिक्षा अध्ययनको रोजाइ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds