घुयँत्राे:”भाइरल मन्त्री प्रतियोगिता : यसपालि पूर्वाधार मन्त्री प्रथम

हैन यी रास्वपा मन्त्रीलाईनि कति भाईरल हुन मन ला हाे के ! कैले कुन मन्त्री , कैले कुन मन्त्रीले मनलाग्दि बाेल्दा सबैतिर आलाेचनै आलाेचना भै रा बेला फेरि पूर्वाधार मन्त्रीले पाेल सार्ने ठेक्का ल्या ठेकदारले काम गर्देन भनेछि ” त्यसका खुट्टा भाँचेर भएनि काम लाउनु ” भनेछि बस के चाइयाे र ? मन्त्री त छिनका छिनमा हिट भएर जता गयाे उनकै कुरा मात्रै सुन्न पाईन्छ गाँठे । हु त नेपालका ठेक्दार पनि तदउस्तै छन त ! आँफुले ल्या ठेक्का समयमा पूरा गर्दिन्नन् । अनि त मन्त्रीले नि के भनुन तनि” रिसकाे झाेकाँ वाहुनले वेद पढदैन” भन्छन त हाे त्यै भा त हाेला याे घटना नि । हिजका दिनाँ ठेक्दारहरले काम गर्न पर्दैनथ्याे । याैटा नेता पछि लाएछि पेश्कि र किस्ता पाईन्थ्याे काम नगरेनि उसलाई जिम्मेवारीले पेल्थेन कानुनले दण्डित गर्थेन अल्लि कडा खालकाे हाकिम आएर काम गर्न भन्याे मन्त्री हाे कि प्रधानमन्त्री समाएछि उल्टै हाकिमकाे साताे नेताले खान्थे । अनि ठेक्दारहरु चुनाबका बेलाँ एकपटक नेताकाे पछि लाएर हिँडेछि उल्लाई कसैले हल्लाउन सक्दैनथ्याे । ठेकेदारकाे विराेध गर्ने हिम्मत जनतामा थिएन । ठेकेदारकै संरक्षण गरेर विकास निर्माण अलपत्र पार्ने गरेका कारण त हाे बालेनले काम नगर्ने ठेक्दारलाई रुखमा बाँधेर हुन्छकि झुण्डाएर हुन्छ काम गराएरै छाेडिन्छ भनेर त हाे एकुन्ताक प्रधानमन्त्री नै भाईरल भा । अनि ऐले फेरि विभागीय मन्त्रीले नि नथर्काई नहुने भएछि उनी पनि भाईरल भए । ठेक्का पट्टा र विकास निर्माणमा हामी कर्नालिका जनताले जति सास्ति त कल्ले व्यहाेर्या हाेला र ? देशाँ बहुदल आयाे अनि सबभन्दा पैला चाैकुने सिमेन्ट उद्योग बनाउने कुरा आयाे । हेटाैडाकाे सुमार्गिले ठेक्का लियाे । सुमार्गिसितकै पाट्नर रैछन माओवादि नेता प्रचण्ड , प्रचण्ड र सुमाग्गीकाे खेलमा चाैकुनेमा मुक्ति श्री प्रालि भनेर वाेर्ड सम्म टाँसपयाे तर उद्योग आज बन्ला भाेलिि बन्ला भन्नदा भन्दै आज ३५ बर्ष भयाे न त्याे उद्याे बन्याे न त्याे ठेकेदारलाई कार्वाहि भाे न ठेक्काकाे काम उसले गर्याे न ठेक्का ताेडियाे ! किन यस्ताे भाे काे जवाफ खाेज्ने हाे भने प्रचण्ड र सुमार्गीलाईलाई एकठाँ उभ्याएर साेध्याे भने भन्लान के भएर यस्ताे भाे ! त्यति मात्रै हाे र त्यै क्षेत्रमा विद्युत उतपादन गर्न जिएमअार लाई ठेक्का दिईयाे त्याे जिएमआर नामक कम्पनीले नि काम गरि दिएन ।नत ठेक्का ताेडन र काम गर्न गिरिजाले दिए न प्रचण्डले । सबैभन्दा धेरै विद्युत उत्पादनका ठेक्का कर्नालि नदिमा हाेलान तर ती ठेक्का अँझै अलपत्रै छन । देशभर यस्ता ठेक्का त कति अलपत्रछन कति ! हिजाेकाे सरकारले ठेकेदारलाई ठेक्का त दियाे तर काम गर भन्न सकेन त्यसकाे कारण भनेकाे भष्टाचारनै हाे । ऐलेकाे याे सरकार ठेकेदारबाट देशका विकास आयाेजना अलपत्र परेकाे कुरा महसुश त गरि रहेकाेछ । तर विकास आयाजनाकाे कार्यान्वयनमा जान सकि रहेकाे छैन । ताेडिएका ठेक्काकाे कार्यान्वयन गराउन नसक्दासम्म विकास निर्माणले गति लिन सक्दैन । ठेकेदारहरु याे सरकारसित काम गर्ने मुडमा देखिन्नन । उनिहरु एक भएर काम नगर्ने पक्षमा गए भने के गर्ने भन्ने वैकल्पि उपाए नसाेचेसम्म उपाए छैन । हिजाेका दलहरुले च्यापेर हिँडेका ठेकेदारनामका सिनाेहरुलाई चलाउँदानि गन्धै आउने नचलाउँदानि गन्धै आउने भएछि यसलाई कसरी व्यवस्थापन गर्दा यसकाे दुर्गन्ध फैलिन पाउँदैन त्यसरि नै ब्यवस्थित गराउन जरुरीछ । त्यसैले हरेक मन्त्रालयका मन्त्रिज्यु तपाईंहरुले बाेलाई अराजक नबनाउनुस बरु सराेकारवालालाई कामगराउन मछवाराले माछापरेछि माछालाई कस्ताे व्यवहार गरेर छटपटाउनै नपाउने गरि कस्तरीकाेर्काेमा हाल्छ त्यस्तैगरि ठेकदारलाई काम गर्नै पर्ने वाध्यात्मक स्थितिमा पुर्याउनुस यै नै वुध्दिमानि हुन्छ । भाईरल त बनम् तर सामाजिक सन्जालाँ हैन काममा है त !
“बिरसिक्का”

Leave a comment

Your email address will not be published. Required fields are marked *