घुयँत्राे:“बालेन मोडेल लागू भयो भने: चुनावमा भोट होइन, झाडू चाहिने दिन आउँदै!”

बालेनले जे जे भन्दै गए ती सबै ब्यवहारमा हुबहु लागू हुँदै जाने हाेभनेत । आउने ५ बर्ष पछिकाे चुनाबाँ त अरु सबै पाटि बढारिन्छन कि जस्तो पाे देखियाे त ! कर्मचारी देखि ठेक्दारसम्म, डाक्टर देखि विमासम्म, बाेडिङ स्कुल देखि कलेजका विद्यार्थी संगठनसम्म,अनि क्लिनिक देखि उपभोक्ता अधिकारसम्म सब्बै कुरालाई सरकारले तहलाएर बेथितिका मुलहरु जतिकाे सत्यानास भएछि देश त्यसैपनि सुशासनतिर दाैडिन्छ अनि जनताले आँफुले खाेज्याजस्तै सरकार भएछि अरु दल नबढारिएरर के गरून् त नि । चुनाका बेलाँ ल्याका प्रतिज्ञा पत्र र अरु दलले नि उठाका कुरा समेटेर सरकारले काम अगाडि बढाउने भनेर सरकारका सय दिनमै नतिजा देखिने गरि काम देखिन थालेपछि र जनताले जे जे भन्छन त्यै त्यै गर्दिने भएछि याेभन्दा अर्को कस्ताे सरकार चाहियाे र हाे । दलाल, काला बजारीया, तस्कर र भष्टाचारी जस्तालाई खाेरमा हाल्दै सरकारले लिएकाे उदेश्य पूरा गर्न खुरुखुरु सरकार लाएछि जनता त्यसै खुसछन । साच्चै सरकारले भन्याझैँ पैले पूर्वाधारका काम अघि वढाउन लागियाे र समयमै निर्माण कार्य पूरा हुन लाए भने त ती चाेर ठेकेदारहरुले नि थाहा पाउलान नि हिजाेका दिनमा हाम्ले आफ्नो कामप्रति गध्दारी गरेकै हुम । अब सरकारले हिजाेका दिनमा काम लिएर काम नगर्ने ठेकेदारहरुकाे लाईसेन्स खारेज गरि तिनिहरुलाई कैल्यै पनि काम नपाउने गरि बन्चित गराउन सकियाे भनेमात्रै निर्माण कार्य अघिबढने भएकाले सरकार याे कुरामा चनाखो हुनु पर्दछ । याे सरकारका निम्ति सबै क्षेत्रमा चुनाैतिनै चुनाैति छ । ४० बर्षदेखि सत्तामै रजाईँ गरेका दिपक भट्ट जस्ता केपि वलिका दलालहरु अहिले पनि छन । वलिले सबै क्षेत्रमा एकसेएक दलाल पालेर राज्यकाे सम्पति दाेहन गर्न लाईसेन्स प्राप्त गरेका मान्छेहरु सलबलाउन त ऐले पनि काेशिष गर्छन नि । तर तिनिहरुकाे पहिचान गरेर तिनिहरुलाई सरकारकाे संसर्गमा आउनै दिनु हुँदैन । निर्माण कार्य समयमै पूरा गराउन अहिलेकाे सरकार विगतमा टेण्डर ह्याक गरेर ठेक्का प्राप्त गर्ने ठेकेदारकाे खाेजिमा रहेकाे समाचार बाहिरिएकाेछ । यदि याे कुरा सत्य हाे भने त्यस्ता ठेकेदारलाई छानीछानी कार्वाहि गर्न सकियाे भने भविष्यमा त्यस्ताे आँट कसैले गर्न सक्ने छैन भने निर्माण आयाेजनाहरु समयमै पूरा हुनेछन । यसरी निरन्तर काम सम्पन्न भएकाे आफ्नै आँखाले देख्न बाध्य भएपछि ती पुराना दलका बचेखुचेका नेताले पनि काम गर्ने ईच्छा र आँट भयाे भने काम हुँदाे रहेछ तर हाम्रा नेताहरुले ४० चालीस बर्षसम्म काम नगरेर देशलाई जसरि लथालिङ्ग बनाएर छाेडे त्यसमा जनताले कैल्यै पनि क्षमा दिनु हुँदैन भन्ने महसुस उनिहरुबाटनि हुनेछ । त्यसैले दल जुनसुकै हाेस त्यसले देशविकासका निम्ति ज्यान दिएर लाग्छ भने अरुपाटिका नेताहरुले नि सहयाेग गर्नु पर्दछ । आफ्नो पाटिकाे सरकार नभएकै कारण अरु पाटिकाे सरकारले गरेकाे वा गर्न लागेकाेकामलाई उपेक्षा गरेर हिँडनु जनताप्रति अन्याय गरेकाे ठहर्दछ । ऐलेकाे सरकारले कुनैपनि जिल्लालाई उपेक्षा नगरि समान विकासका लागि वजेटउपलब्ध गराउने जुन कुरा प्रधानमन्त्रीले गरेका छनत्याे कुरालाई सकारात्मकरुपमा लिएर जानू पर्दछ । विकास भनेकाे माननीयले गैँटि उठाएर खनेर वा आफ्नो मान्छेलाई ठेक्का दिएर हुने हैन । उनिहरुले त छिटाेछरिताे र आबस्यक कानुन बनाएर विकासमा मद्दत गर्ने हाे विकास गर्नेत कर्मचारी र ठेकेदारहरु छँदैछन । उनिहरुलाई काम गराउने र गर्ने वातावरण सृजना गर्न सकियाे भने ४० बर्षमा नभएकाे विकास ४० महिनामा गर्न र गराउन सकिन्छ । कमसेकम अब त नेताहरुमा चेतनाले बास गराेस घमण्डले हैन ।

घुयँत्राे:“बालेन मोडेल लागू भयो भने: चुनावमा भोट होइन, झाडू चाहिने दिन आउँदै!”

बाँकेमा  ४३ बालबन्दी र कैदी  एसइईमा  सहभागिता

Leave a comment

Your email address will not be published. Required fields are marked *