२०८३ जेष्ठ ३० गते
×

Now Playing

भालुको आक्रमणमा जुम्लामा आठ भेडा मरे

गाेल्डेन बुढा

जुम्ला ,१८ जेठ ।
जुम्लाको गुठिचौर गाउँपालिका–४ थामबाडा गाउँमा भालुको आक्रमणबाट आठ वटा भेडा मरेका छन्। स्थानीय कृषक नरेन्द्र अधिकारीका भेडा सोमबार बिहान करिब ४ बजेतिर भालुले मारेको हो।रातिको समयमा गोठमा हुलेका अवस्थामा रहेको भेडाको बथानमा भालु पसेर आक्रमण गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार घटनापछि पाँच वटा भेडा अझै बेपत्ता छन् भने एक भेडा गम्भीर घाइते अवस्थामा रहेको छ। बथानका २९ वटा भेडा भने सकुशल रहेका छन्।रातिको समयमा घटना भएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बेपत्ता भेडाको खोजी कार्य जारी रहेको छ।प्रति भेडाको न्यूनतम मूल्य १८ हजार रुपैयाँ पर्ने भएकाले आठ वटा भेडा मर्दा किसान अधिकारीलाई एक लाख ४४ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। भेडापालनलाई मुख्य रोजीरोटीको आधार बनाएका अधिकारीले एकैपटक ठूलो क्षति व्यहोर्नुपरेको बताए।जुम्लाका किसानका लागि भेडा पालन परिवारको आयस्रोत, भविष्यको भरोसा र जीवन धान्ने आधार हुन्। भेडापालनबाटै घरखर्च चलाउँदै आएका अधिकारीले एकै रातमा आफ्नो मुख्य आम्दानीको स्रोत गुमाउनुपरेको बताए। हिमाली क्षेत्रमा जंगली जनावर र मानवबीचको द्वन्द्व बढ्दै जाँदा किसानहरू झन् असुरक्षित बन्दै गएको स्थानीय बताउँछन्।केही समय अघि जुम्लाको गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको थियोे ।

भालुको आक्रमणमा जुम्लामा आठ भेडा मरे

दैलेखमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु,

भालुको आक्रमणमा जुम्लामा आठ भेडा मरे

महिलालाई कानुनले अधिकार दियो, समाजले अझै मानेन

Leave a comment

Your email address will not be published. Required fields are marked *