पिठो पिस्ने झन्झटदेखि मुक्त बने: घाेडे गाउँका महिला

गाेल्डेन बुढा
जुम्ला,१७ जेष्ठ
जुम्लाको तिला गाउँपालिका -६ घाेडे गाउँकी ६४ वर्षिया काली राेकाया गाउँमै अन्न पिस्ने मिल संचालन भएपछि खुसी देखिन्छन्।पिठो पिस्न तीन घण्टा पैदलमार्ग हिँडेर घट्ट जानुपर्ने बाध्यता हटेपछि खुसी भइन्।उनले भनिन् ‘गाउँका मान्छेलाई सधैँ घट्टमा पिसानी गर्ने पिरलो हुने गर्दथ्यो, परिवारको एउटा सदस्यले अन्न पिसानी गर्न जाँदा एक दिनकै समय छुट्याउनु पर्ने हाम्रो समस्या थियो’, अहिले अन्त्य भयो।अब भने दुःखका दिन गएको उनी बताउँछिन्। ‘गाउँमै घट्ट निर्माण भएको छ, गाउँमै निर्माण भएको घट्टमा अन्न पिसाउन पाउँदा गाउँले पनि निकै खुसी छन्’, राेकायाले थपिन्।

गाउँमा घट्ट निर्माण नहुँदा तीन घण्टाकाे उकालो ओरालो हिँडेर छिमेकी गाउँ सुडी, रिपी, तुही, रारालिहीका घट्टसम्म पुग्ने पर्ने बाध्यता थियो। कहिलेकाहीँ त छिमेकी जिल्ला कालिकोटको रतडा गाउँमा समेत पिठो पिस्न जानु परेको स्मरण गर्छिन्अर्की जसु राेकाया अन्न पिसानीकै लागि निकै ठाउँमा जाने गर्थे।
टाढाको ठाउँमा अन्न पिस्न जाँदा पनि त्यहाँ अन्न पिस्न पालो नै नआउने समस्या पनि उत्तिकै हुन्थ्यो। दिनभरको समय नै छुट्याएर घट्ट जाँदाका दुःखका दिन अहिले पनि जसुलाई सम्झना आउँछ। उनी सुनाउछन् दसैं-तिहार जस्ता चार्डपर्व आए,ठुलो वर्षा भए र विवाह भए,मलिन हुने महिलाका अनुहारमा मिलले खुसी ल्याइदियाे।आजभोलि मिलमा उनीहरू तेल पेल्नछन्।हिउँद सिजनमा खोला सुक्थ्यो।चैत वैशाख र जेठमा सुख्खा खडेरी हुन्थ्यो ।खडेरीले घट्ट चल्न नसक्दा निकै ठुलो पिरलाे हुन्थ्यो। पिठो पिस्न पालो कुर्नु परिरहेको हुन्थ्यो । पालो नपाउँदा घट्टमै बास बस्नु परेको अवस्था थियो, तर अहिले आफ्नो गाउँमै मिल बनेपछि सहज बनेको छ। गाउँमै सार्य ऊर्जाको माध्यमबाट चलेको मिलमा कुटानी पिसानी भइरहेकाे छ।कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमको १५ लाख रकमले गाउँमै कुटानी पिसानी मिल बनेको हो।यता तिला गाउँपालिका -६ का वडाध्यक्ष जङ्ग रोकायाले गाउँमै मिल बनेपछि घोडेवासीको कार्य बोझ घटेको बताए।
मकै, जौ, गहुँ लगायतको पिठो पिस्न निकै समस्या थियो। समयको बचत पनि हुनेभयाे, ‘पानीको मुहान सुक्दा घट्टहरू समेत बन्द हुने अवस्थामा थिए । तर अहिले मिल बनेपछि गाउँलेहरू राहतको अनुभूति गर्न थालेका छन्,’ उनले भने,घोडेगाउँका ७६ घरधुरी लाभान्वित भएका छन्। वडाध्यक्ष रोकायाका अनुसार, ‘पिसानीको काम घोडेगाउँकाले मात्र गर्न सक्ने भए पनि तेल पेल्ने र धान कुट्ने सेवा छिमेकी गाउँहरूले लिनेछन्।






