२०८३ आश्विन १७ गते
×

Now Playing

छाउगोठमा सुतेका दुई जनाको मृत्यु, एक घाइते 

अछाम, १४ भदौ । 

छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छभने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका –६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविताको छाउगोठमा सुतेका बेला ढुङ्गाले किचेर बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए ।

उक्त घटनामा घाइते हुनुभएकी कविताकी आमालाई उपचारको लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

छाउगोठमा सुतेका दुई जनाको मृत्यु, एक घाइते 

नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख शून्य

छाउगोठमा सुतेका दुई जनाको मृत्यु, एक घाइते 

सुदूरपश्चिको विकासमा लगानी गर्न आह्वान

Leave a comment

Your email address will not be published. Required fields are marked *