जुम्लामा ५० प्रतिशत अनुदानमा स्याउ कार्टुन वितरण

गाेल्डेन बुढा
जुम्ला ,१३ भदौ
जुम्लाका स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन वितरण गर्न लागिएको छ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यनयन ईकाइ जुम्लाले वितरण गरिरहेको छ।कार्यालय प्रमुख सन्तोष कुमार चाैधरीका अनुसार मंगलबारदेखि देखि स्याउका कार्टुन बाड्न थालिएको हो। चालु आर्थिक वर्ष २०८२/०८३ काे वार्षिक स्वीकृत कार्यक्रमअनुसार प्याकेजिङ लेवलिङ तथा पाेष्ट हार्भेष्ट क्षति न्युनीकरण कार्यक्रम अन्तर्गत स्याउ कार्टुन उपलब्ध गराइएको हो।यता कार्यनयन ईकाइ जुम्लाका सूचना अधिकारी पदमराज कार्कीका अनुसार ११ हजार कार्टुन भित्र्याइएको छ।अहिलेसम्म ११ जना स्याउ किसानलाई ७ हजार ९ सय ४० कार्टुन वितरण गरिएको छ। निरन्तर बाड्न लागिएको छ।सरकारको सानो सहयोगले किसानलाई स्याउ सुरक्षित राख्न र निर्यात गर्न सजिलो हुनेछ।काेटेशन खरिद प्रक्रियाबाट कार्टुन ल्याइएको हो। चार लाख ९५ हजार रुपैयाँ कार्यालय र ५० प्रतिशत किसान गरि कुल ९ लाख ९० हजार रुपैयाँ बजेट हो। कृषक समुह,सहकारी,कृषि उद्यमी तथा स्याउ व्यापारीलाई दिइएको छ।प्रति किसानले तीन सय देखि एक हजार बढीसम्म कार्टुन लिएका छन्। कार्यालयले सात दिने सूचना जारी गरेको थियोे।भदौ ३ गते सूचना निकालेको थियोे। कार्टुनमा १० देखि १२ केजीसम्म अट्ने र सजिलो भएको चाैलागाई कृषि तथा पशुपन्छी पालन फर्म तिला गाउँपालिका -४ नुवाकोट गाउँका किसान कुशल खत्रीले बताए।उनले तीन सय कार्टुन लिएको बताए।निवेदनमा रु १० को टिकट सहित कार्टुन माग संख्या गत आ. व. को करचुक्ता प्रमाणपत्र,प्यान दर्ता प्रमाणपत्र, नेपाली नागरिकता प्रमाण-पत्र प्रतिलिपी र उधोग/ फर्म दर्ता प्रमाणपत्र प्रतिलिपि आवश्यक काजगात पेेस गर्नुपर्ने हुन्छ। अहिलेसम्म कमला जनरल स्टाेर एण्ड सप्लायर्स,सिस्ने जलजला कृषि तथा पशुपन्छी पालन फर्म, कालिका कृषि तथा पशुपन्छी फर्म,डी.बि जनरल स्टाेर,स्मार्ट एग्राे फर्म, जस्मिन कृषि फर्म,संयुक्त कृषि तथा पशुपन्छी पालन फर्म, विकास खुद्रा पसल,मनका एण्ड बिपना पशुपन्छी पालन उद्योग, स्टार एग्राे फर्म र चाैलागाई कृषि तथा पशुपन्छी पालन फर्मले लिएका छन्।






