फ्रान्सबाट बेलायत जान खोज्ने क्रममा दुई आप्रवासीको मृत्यु, दर्जनौंको उद्धार

लिल, फ्रान्स, १२ असोज
(रासस/एएफपी) ।
फ्रान्सबाट सानो डुङ्गामार्फत बेलायत जान प्रयास गर्ने क्रममा दुई आप्रवासीको ज्यान गएको छ । अधिकारीहरूका अनुसार करिब १०० जना सवार रहेको डुङ्गा दुर्घटनामा परेपछि दर्जनौं अन्य व्यक्तिहरूलाई सकुशल उद्धार गरिएको छ ।
दुर्घटना न्यूफशातेल–हार्डेलोट नजिकको समुद्री क्षेत्रमा शुक्रबार रातिको समयमा भएको हो । मोन्ट्रेयू–स्यु–मेयर क्षेत्रकी अधिकारी इसाबेल फ्रादिन–थिरोडले जानकारी दिँदै भन्नुभयो,“अहिले करिब ६० जनालाई सुरक्षापूर्वक उद्दार गरी हेरचाहमा राखिएको छ ।”
यो घटनासँगै सन् २०२५ को सुरुवातदेखि अहिलेसम्म इंग्लिश च्यानल पार गर्ने क्रममा मृत्यु हुने आप्रवासीहरूको सङ्ख्या कम्तीमा २५ पुगेको एएफपीले आधिकारिक तथ्याङ्कका आधारमा जनाएको छ ।
यस वर्ष मात्रै झण्डै ३१ हजार आप्रवासी साना डुङ्गाबाट बेलायत पुगिसकेका छन्, जुन हालसम्मकै रेकर्ड हो । हालै फ्रान्स र बेलायतबीच भएको आप्रवासी व्यवस्थापनसम्बन्धी सहमति अनुसार, शरणको लागि अयोग्य ठहरिने व्यक्तिहरू ‘सुरक्षित मुलुक’ हुँदै बेलायत पुगेका छन् । उहाँहरूलाई बेलायतले फ्रान्स फर्काउन सक्नेछ । यसको सट्टामा, फ्रान्समा रहेका र शरणको लागि योग्य ठानिएका व्यक्तिहरूलाई बेलायतले स्वीकार गर्ने सहमति भएको छ ।
फ्रान्सबाट बेलायत जान खोज्ने क्रममा दुई आप्रवासीको मृत्यु, दर्जनौंको उद्धार

पाकिस्तानको पञ्जाबमा बाढीबाट ४२ लाख मानिस प्रभावित

फ्रान्सबाट बेलायत जान खोज्ने क्रममा दुई आप्रवासीको मृत्यु, दर्जनौंको उद्धार

आणविक कूटनीति असफल भएपछि इरानमाथि संयुक्त राष्ट्रसङ्घका

Leave a comment

Your email address will not be published. Required fields are marked *