पाकिस्तानको पञ्जाबमा बाढीबाट ४२ लाख मानिस प्रभावित

इस्लामावाद, १२ असोज
(रासस/सिन्ह्वा)
पाकिस्तानको पञ्जाब प्रान्तमा मनसुनी बाढीबाट ४२ लाखभन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै दक्षिणी जिल्लाहरूमा धेरै असर पारेको  संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसएचए)  ले जनाएको छ ।
सेप्टेम्बर ८ देखि १८ सम्म प्रदेश सरकारसँगको संयुक्त सहकार्यमा गरिएको सर्वेक्षणमा बाढी प्रभावित १८ जिल्लाका करिब २ हजार गाउँलाई समेटिएको जनाइएको छ ।
यस सर्वेक्षणले लगभग २८ लाख मानिस विस्थापित बनाएको लगभग एक लाख ६१ हजार ७०० घरहरू क्षतिग्रस्त भएको तथा स्वास्थ्य र शिक्षाका पूर्वाधारमा व्यापक क्षति पुगेको देखाएको छ ।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुन २६ देखि सेप्टेम्बर १९ का बीचमा देशभर करिब ३० लाख मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । बाढीका कारण १२ हजार ५५९ घरहरू क्षतिग्रस्त हुनुका साथै छ हजार ५०९ वस्तुहरूको ज्यान गएको जनाइएको छ ।
यसअघि प्रधानमन्त्री शाहबाज सरिफले बाढीमा ज्यान गुमाउनेहरुको परिवारका लागि अनुदान रकम दोब्बर गर्ने घोषणा गर्दै १० लाख बाट बढाएर २० लाख रुपैयाँ पुर्‍याउनुभएको थियो ।
पाकिस्तानको पञ्जाबमा बाढीबाट ४२ लाख मानिस प्रभावित

नेपाल राष्ट्र बैङ्कद्वारा नयाँ एकीकृत निर्देशन जारी 

पाकिस्तानको पञ्जाबमा बाढीबाट ४२ लाख मानिस प्रभावित

फ्रान्सबाट बेलायत जान खोज्ने क्रममा दुई आप्रवासीको

Leave a comment

Your email address will not be published. Required fields are marked *