२०८३ जेष्ठ ३० गते
×

Now Playing

बादी समुदायका बालबालिकालाई खाद्यान्न सहयोग

सुर्खेत, ११असोज । 

नेपालीहरूको महान चाड दसैँको अवसरमा सुर्खेतका बादी समुदायका बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । शुक्रबार रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेका कर्णालीका युवाहरुको साझा संस्था कर्णाली प्रदेश समाज जापानले सुर्खेतस्थित बादी सरोकार मञ्चमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको हो ।

केही समयअघि कर्णाली प्रदेश समाज जापानले जापानमा आयोजना गरेको ‘कर्णाली सांस्कृतिक साँझ’बाट संकलित रकमबाट खाद्यान्न सहयोग गरिएको हो । उक्त खाद्य सामग्री नेपाल पत्रकार महासंघ सुर्खेत शाखामार्फत बादी सरोकार मञ्चलाई हस्तान्तरण गरिएको थियो । कर्णाली सांस्कृतिक साँझबाट संकलन भएको ४५ हजार रकमबाट खरिद गरिएको खाद्य सामग्री नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशीलराज शर्माले हस्तान्तरण गरेका थिए ।

खाद्य सामग्री हस्तान्तरण गर्दै अध्यक्ष शर्माले राज्यको उपेक्षामा परेको बादी समुदायका बालबालिकालाई प्रवासीहरुले गरेको सहयोगको प्रशंसा गरे । उनले सिमान्तकृत समुदायका बालबालिकालाई गरिएको सहयोगले थोरै भएपनि उनीहरुलाई राहत मिल्ने बताए ।

विपन्न वर्गप्रतिको दायित्व पुरा गर्न राज्य असफल रहेको अवस्थामा प्रवासमा रहेका कर्णालीका युवाहरुले जुटाएको परोपकारी कामले निरन्तरता पाउनेमा अध्यक्ष शर्माको अपेक्षा थियो । बादी सरोकार मञ्चको आश्रयमा हाल एक सय १० जना वालबालिकाहरु अध्ययन गरिरहेका छन् । खाद्य सामग्री ग्रहण गर्दै मञ्चका प्रतिनिधि प्रकाश बादीले सहयोगी निकाय कर्णाली प्रदेश समाज जापानप्रति धन्यवाद ज्ञापन गरे ।

बादी समुदायका बालबालिकालाई खाद्यान्न सहयोग

डा. पुजन कुमार रोकायाको साेच : प्रतिष्ठानमा

बादी समुदायका बालबालिकालाई खाद्यान्न सहयोग

आठ हजारभन्दा बढी कैदीबन्दी कारागारमा फर्किए, साढे

Leave a comment

Your email address will not be published. Required fields are marked *