दैलेखबाट १० करोड बराबरको भेप बरामद, जडीबुटीको आवरणमा तस्करी

दैलेख ,१० भदौ।

दैलेख जिल्लामा जडीबुटीको पास देखाएर ल्याइएको कन्टेनरबाट करिब ४० हजार थान विद्युतीय चुरोट (भेप) बरामद भएको छ । राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले संयुक्त रुपमा गरेको अपरेसनमा बरामद भएको यो भेपको मूल्य करिब १० करोड रुपैयाँ बराबर रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

हुम्लाको हिल्साबाट जडीबुटी संकलन भएको उल्लेख गरी पठाइएको कन्टेनरमा ईएलएफबीएआर ब्रान्डका भेपहरू लोड गरिएको पाइयो । साथै २ हजार ४ सय ६ किलो सेतक चिनी पनि फेला परेको छ ।

डिभिजन वन कार्यालय सिमकोट, हुम्लाले कैलाश–ईश्वर जडीबुटी खरिद बिक्री केन्द्रका नाममा ५ हजार किलो सेतक चिनी उल्लेख गरी जाँचपास गरेको थियो । प्रतिकेजी २५ रुपैयाँका दरले एक लाख २५ हजार राजस्व बुझाइ रसिद काटिएको थियो । तर राजस्व अनुसन्धान र सशस्त्र प्रहरीले सुरुदेखि नै कन्टेनरलाई निगरानीमा राख्दै दैलेखबाट नियन्त्रणमा लिएका थिए ।

यो घटनाले वन कार्यालयकै कर्मचारीको मिलेमतोमा तस्करी भएको आशंका थप बलियो भएको छ । कन्टेनर जाँचपास गर्ने प्रक्रियामा संलग्न कर्मचारीहरूमाथि पनि अनुसन्धान भइरहेको विभाग स्रोतले जानकारी दिएको छ ।

यसअघि पनि चीनबाट तस्करी गरी ल्याइएका भेप मुस्ताङको लोमान्थाङ र ललितपुरको इमाडोलमा बरामद भइसकेका थिए । राजस्व अनुसन्धान विभागले हाल बरामद भएको घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको छ ।

साभार : इकान्तिपुरबाट

दैलेखबाट १० करोड बराबरको भेप बरामद, जडीबुटीको आवरणमा तस्करी

गीता पाण्डेको सुमधुर गीत ‘माछी भुल्यो’ सार्वजनिक,

दैलेखबाट १० करोड बराबरको भेप बरामद, जडीबुटीको आवरणमा तस्करी

लुम्बिनी र शान्सी प्रान्तबीच सहकार्यको नयाँ ढोका

Leave a comment

Your email address will not be published. Required fields are marked *