२०८३ जेष्ठ ३० गते
×

Now Playing

जुम्ला कारागार काण्ड : अझै ११ कैदीको पत्तो छैन, जुम्ला प्रहरी कडा रणनीतिमा

गाेल्डेन बुढा

जुम्ला,७ असोज ।

गत भदौ २४ गते राति जुम्ला कारागारबाट फरार भएका ४१ जना कैदीमध्ये ११ जना अझै पनि प्रहरी नियन्त्रणमा आएका छैनन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हालसम्म ३० जना कैदी कारागारमा पुनः फर्किसकेका छन्, जसमा ५ जनालाई फरार भएको रातमै पक्राउ गरिएको थियो।घटनापछि सुरुमा सौम्य ढंगले फर्कन अपिल गरिए पनि पछिल्लो चरणमा प्रहरीले खोजी र नियन्त्रण अभियानलाई तीव्र बनाएको छ।प्रहरी नायब उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीका अनुसार फरार कैदीहरूको फोटोसहितको विवरण सबै प्रहरी चौकीहरूमा पठाइसकिएको छ। “सुरुमा हामीले आश गरेका थियौं कि उनीहरू आफैं फर्किन्छन्,” उनले भने, “तर अब समयमै नआए कानुनी रूपमा पक्राउ गरेर ल्याउन बाध्य हुन्छौं।”रेग्मीका अनुसार लामो सजाय पाएका अधिकांश कैदी पुनः कारागार फर्किइसकेका छन्। अझै फरारमध्ये धेरैजसोको सजाय अवधि छोटो छ र केहीलाई अदालतबाट न्यून सजाय तोकिएको थियो।फरार कैदीहरूलाई खोज्न प्रहरी अब स्थानीय तह, वडाकार्यालयहरू, र उनीहरूको परिवारसँग समन्वय गर्दैछ।

“कसैको दबाब वा त्रास होइन, तर कानुन पालना गर्न उनीहरूलाई जिम्मेवार बनाउन आग्रह गरेका छौं,” डीएसपी रेग्मीले भने।उक्त रात कैदीहरूले कारागारभित्र रहेका प्रहरी र नाइकेमाथि चिर्पट प्रहार गर्दै ढोका फोडेर एकैचोटि भागेका थिए। यो घटनाले नेपालको कारागार सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।हाल जुम्ला कारागारको सुरक्षा थप कडा पारिएको छ। भने अन्य संवेदनशील कारागारहरूमा समेत निगरानी बढाइएको छ।कारागारमा एक नाबालक लगायत ९८ जना कैदीबन्दी थिए। जसमध्ये पाँच जना महिला कैदीबन्दी छन्।

जुम्ला कारागार काण्ड : अझै ११ कैदीको पत्तो छैन, जुम्ला प्रहरी कडा रणनीतिमा

सम्पादकीय : चाडपर्व लक्षित सुरक्षामा ध्यान देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *