घुयँत्राे:”सरुवा भए पनि कर्णालीका कर्मचारीलाई नयाँ कार्यालय खोज्नै पर्दैन, पुरानो मै ‘चिया–गफ’ले देश चल्छ”

कर्नालि प्रदेशका सरकारी कर्मचारी त सरुवा भा ठाँ नि जान्नन रे नि त कसाे । साउनकाे तीसाँ (३० ) सरुवाभा कर्मचारी असाेजकाे ६ लाग्दानि सरुवा गर्या ठाँ नगएछि जनतामा निकै आक्राेस देखिन थाल्याछ है कर्मचारी साथीहरु बिचार गर । हुन त शासकहरुनै कर्मचारी संगठनकाे आडमा कर्मचारीलाई चिमाेटेर बस्याछन अनि कर्मचारी नि जान काँ मान्छन तनि ! कर्नालिकाे राजधानी वीरेन्द्रनगराँ जागिर खाने कर्मचारी जतिकाे राजनीति गराई देख्दानि देख्ने मान्छेलाईनै दिक्दार लाएर आउँछ । कर्मचारी संगठनका नाममा व्यान ६ बजेदेखि राति ९ बजेसम्म त्यै संगठनकै नाममा, संगठनकै ब्यानरमुनि रातदिन झुम्मिया हुन्छन । यिनरकाे याे खटाई अनुसार कर्नालिका मुख्यमन्त्रीलाई उचित सल्लाद्याभात विकास र प्रशासनाँ कर्नालि अब्बल भएर सबैका निम्ति नमूना भै सक्नु पर्ने हाे तर सरकारकाे हुतिचाईँ जस्ता त्यस्तैछ । कर्मचारी संगठनका नाममा जागिर खाने, मन्त्री भेटने, चिया खाने कतैबाट कर्मचारी सरुवा भएर आयाे भने आफ्नाे वा अर्काकाे कस्काे त्यै अनुसार स्वागत र चाकडि अनि संगठनकाे सदस्यता भिडाउने, आउने यत्ति मात्रै यिनरकाे काम हाे ।
यस्ताे काममा भुलेकाे जमात देखेछि त मन्त्रीले नि सरुवा भै सक्या कर्मचारीलाई सरुवा भा ठाँ जाउ भन्देनि त हुँदाे के रे ! खासमा याे देश विगार्ने कर्मचारीहरुकाे संगठन, अनि यिनलाई सेप्ने नेता र उनिहरुबीचकाे भष्टाचारी र दलालिकाे खेलले नै देश याे हालताँ पुगेकाे हाे भन्ने कुरा कर्मचारी चलाउने सचिव र नेता( शासक)ले कैले बुझ्ने हाेलान । देशमा यत्राे उथल पुथल भै रहेकाेछ । नयाँ सरकार आईसकेकाेछ भष्टाचार विरुद्धमा आवाजहरु उठि रहेकाछन । तर करनालिका सरकारका कर्मचारीकाे ताण्डब भने बेग्लै किसिमकाेछ । उनिहरु राष्टसेबकका रुपमा हैनकि दल सेबककाे रुपमा आँफुलाई उभ्याउन चाहन्छन । उनिहरु चाहन्छन मुख्यमन्त्रीले जैलेसम्म शासन गर्छन त्यैलेसम्म उनरलेनि खाईराकाे ठाउँकाे जागिर छाेडेर अन्त जानू हुँदैन । याे सबै बेथिति निम्तिएकाे कर्मचारीहरुलाई संगठन बनाउन दिनुले हाे । कर्मचारीहरुकाे मनपरिकाे अन्त्य गर्ने हाे भने ऐलेकाे सरकारले संगठनमा अंकुश लाउनु पर्छ । यिनिहरुकाे संगठनमा अंकुश लगाउने माैका र अबसर पनि हाे ।
जबसम्म नेपालका कर्मचारीहरुलाई संगठन खाेल्ने अधिकार दिईन्छ तब सम्म भष्टाचारकाे अन्त्य हुँदैन । भष्टाचारकाे जड भनेकै कर्मचारीहरुकाे संगठनहाे । त्यै संगठनका आडमा देशमा भष्टाचार माैलाई रहेकाेछ । नेताहरुमा पनि अब त चेत खुलेर सुध्रिनु पर्ने हाे तर त्यस्ताे परिवर्तन सानादेखि ठूलासम्म कुनै नेता सुध्रिएकाे देखिँदैनन । यी कर्नालिका बर्तमान मुख्यमन्त्री कसैसित सम्झाैत नगर्ने र कडा नेताकारुपमा उनकै पाटिका कार्यकर्ताले व्याख्या गर्ने गर्छन तर उनकै आडमा सरुवा भएका कर्मचारीहरु सरुवाकाे कार्यालयमा गएका छैनन । भष्टाचार विरुद्ध आन्दोलन भएकाे र त्यसले सफलता पाएकाे २ दिन पछिनै कर्नालिकाे दैलेख डुङ्गेश्वर गाउँ पालिकाकाे लेखा प्रमुख भष्टाचारमा समातिने पैलाे कर्मचारी बन्नु अनि कर्नालिकै सरुवा भएका कर्मचारीहरु सरुवाभएकाे ठाउमा जान अटेर गरि पुरानै कार्यालयमा बसेका समाचार यत्रतत्र आउनुले यिनिहरुले जेनजीकाे आन्दोलनकाे मर्मलाईनै नटेरेकाे देखिन्छ । गरिबी र पछ्याैटेपनमा मात्रै हैन भष्टाचारमा पनि कर्नालिका कर्मचारी र नेता अब्बल सावित हुने भए ! यीनलाई तहलाउन काेहि न काेहिले त आँट गर्नै पर्ने हाेला त्यै आँटकाे पर्खाईमा छम्है त हामी ।हाम्राे साथ चाइय भन्नू हाेला । राम्रो काम गर्दा जनताकाे सँधै साथ रहनेछ । चेतना भया !






