२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 17°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

बाँकेमा प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

बाँके,७ असोज।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरुको अनुगमनलाई निरन्तरता दिनुभएको छ । मंगलबार उहाँले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गर्नु भएको छ । अहिले पनि अनुगमन जारी रहेकाे छ । यसअघि अर्घाखाँची, प्यूठान र दाङ जिल्लाका प्रभावित कार्यालयहरुको पनि अनुगमन गर्नु भएको थियाे ।

अनुगमनका क्रममा बाँकेका सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले अत्यावश्यक सेवा नरोकिने बताउनुभयो ।`कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोगको कार्य पनि अगाडि बढाइरहेका छौं । जेन्जी आन्दोलनको नाममा भएको घुसपैठले बाँके क्षेत्रका सरकारी संरचना ध्वस्त पार्ने काम भएको छ । जनतालाई दैनिक आवश्यक पर्ने कागजात र लगतहरू जलाउने काम भएको छ । यसरी सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने कार्य अत्यन्त खेदजनक छ´उहाँले भन्नुभयाे-` यसले भोलि लाभग्राही जनतालाई नै समस्या सिर्जना गर्ने देखिन्छ ।´

जेन्जी आन्दोलनको नाममा प्रदेशभर दुई सय बढी कार्यालयमा क्षति पुगेको छ । प्रदेशमा करिब दुई खर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र टेन्ट टाँगेर भए पनि सेवा प्रवाह गर्नेगरी व्यवस्था मिलाइएको जानकारी मुख्यमन्त्री आचार्यले दिनुभयो ।

बाँकेमा प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

लेख : नेकपा एमालेको अबको बाटो कता

बाँकेमा प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!