लेख : नेकपा एमालेको अबको बाटो कता ?

खुमकान्त रेग्मी
निवर्तमान अध्यक्ष
नेपाल मुद्रण उधाेग महासघ ।
लाग्छ भाद्र २३-२४ को जेनजीको आन्दोलन पश्चात् नेकपा एमालेले एउटा पाठ सिकेको हुनुपर्छ । सबै एमाले जनले चाहदा चाहदै उसको नेतृत्वमा रहेको सरकार जेनजीले टीक्न दिएनन । सबभन्दा मुख्य कारण एमाले र उसको नेतृत्वले समयमा कुरा नबुझेको वा बुझेर बुझ पचाए पछिको कारण यशो हुन गएको हो । अहिले एमालेले खाली आन्दोलनमा घुसपैठ भयो भनेर २३ गतेको घटनाको कुरै नगरी खाली २४ को कुरा गरेर पन्छिने गरेको पाइन्छ यो गलत कुरा हो । २३ गते मारिएका ती अबोध बालकहरूका विषयमा कुनै कुरा उठाइएको छैन यो आन्दोलन प्रतिको विषयान्तर हो । कुरा उठीरहेको छ र आवश्यकता पनि छ के भने एमाले पुनर्गठित हुन आवश्यक छ । धेरै नेताले यो गर्नुपर्छ भनेर कुरा गरेका पनि छन भने कसैकसैले बोल्दा फेरि पुरानै नेतृत्व चाहिन्छ भनेका छन यसरी एमाले बन्दैन । एमाले बनाउन नितान्त पुनर्गठन गर्नु आवश्यक छ मात्रै केन्द्रमा होईन वडादेखि नै पुनर्गठनको आवश्यकता छ । जबसम्म एमालेमा निर्वाचनको परिपाटीलाइ पनि आत्मसात गरेर पुनर्गठित गरिदैन तवसम्म एमाले बन्दैन । यसर्थ एमालेको तत्काल मिटिङ बसेर यो कार्यलाई अगाडि बढाउनु पर्छ । निर्वाचनको प्रक्रिया पनि एमालेको फरक हुन पर्छ । वडादेखि क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा सबै ठाउमा आउन वडातहबाटै निर्वाचित भएर आउनु पर्छ । पार्टीको अध्यक्ष हुन पनि त्यसरि नै आउन पर्छ । अनि बल्ल प्रजातान्त्रिक परिपाटीको विकास हुन्छ । मनोनित गर्ने व्यवस्था हटाउनु पर्छ । वडाको निर्वाचन, प्रदेश र सासदको निर्वाचनमा पनि पार्टीबाट निर्वाचित भएपछि बल्ल टिकट दिनुपर्छ नत्र ३ जनाको नाम सिफारिस गर्यो आफ्नो मान्छेलाई टिकट पठाइदिने त्यतिमात्रै नभै एउटाको नाम सिफारिस गरेर पठायो अर्कैको नाममा टिकट पठाइदिनि कामहरूलाई निरूत्साहित गरिनु पर्यो । यस्तो परिपाटीको बिकास गरियो भने केही सुधार भइ कार्यकर्तासग घुलमिल भई काम हुन सक्छ नत्र नेताको चाकरी गरेसि पुग्यो । हिजो अवस्थालाई यसरी परिवर्तन गर्दा उपयुक्त हुन्छ । रह्यो कुरा नेतृत्वको यसमा कसैले कसैलाई आरोप प्रत्यारोप नगरी मुल नेतृत्वले वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष तोकेर कमिटीलाइ आयोजक कमिटीमा परिणत गर्ने अनि उनले ६ महिनामा महाधिवेशन आयोजना गरेर अर्को नेतालाई जो कार्यकर्ताको चाहनामा आउछन उनलाइ नेतृत्व हस्तान्तरण गर्ने । पछि आफैलाइ कार्यकर्ताले इच्छाएको महशुस भए निर्वाचनमा जाने निर्वाचनमा जादा र निर्वाचन हुदा खास केही फरक पर्दैन किनभने स्वच्छ तरिकाले निर्वाचन हुनु प्रजातान्त्रिक परिपाटी हुन्छ । यो वास्तविक तरिकाले एमाले पुनर्गठनको कार्यशैली हुन्छ । यसमा मुल नेतृत्वदेखि वडातहसम्म पनि पाच्य विषय हुन्छ । हाम्रो हिजको अवस्था महाधिवेशन प्रतिनिधि छानिने कुरालाई पनि परिमार्जन गरि मनोनित गर्ने परिपाटीलाई बन्द गर्नु पर्छ । सबै पार्टी सदस्यबाटै निर्बाचित भै महाधिवेशन प्रतिनिधि छानिने हिजको परिपाटीलाइ कायम गर्दै सबै केन्द्रीय सदस्य लगायत पदेन महाधिवेशन प्रतिनिधि हुने परिपाटीको अन्त्य हुन पर्छ, किनकि उ केन्द्रीय सदस्य हुदा गलत गरेको रहेछ भने कम्तिमा फेरि त हुन पाउन्न । यसरी यो व्यवस्थालाइ पनि परिमार्जन गरियो भने निष्पक्ष महाधिवेशन हुन सक्छ र सहज उपयुक्त प्रतिनिधिको ब्यवस्था हुन सक्छ । एमालेका लागि अर्को पनि सुधार गरि अगाडि जान पर्ने कुरा छ त्यो के भने अन्तरपार्टी जनबाद, जनवादी केन्द्रियता जस्ता महत्वपूर्ण विषयमा पार्टी प्रष्ट हुनु पर्छ किनकि विषयबस्तुलाइ उठान र बैठान गरने विषयमा गम्भीर हुन आवश्यक पर्छ । राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा कार्यकर्ता पङतिको छलफलबाट निर्णय गर्ने गर्नुपर्छ । जनवादी केन्द्रियताका नाममा केन्द्रियता लादनी मात्रै काम गर्नु हुन्न । यहाँ उजागर गरौन बैठकहरू हुदा वडाको बैठकमा जिल्लाका नेताका कुरा सुन्दै वाक्क, जिल्लाको बैठकमा केन्द्रीय नेताका कुरा सुन्दा हैरान अनि त्यो कार्यकर्ताले आफ्ना कुरा कहिले राख्ने कहि कतै बोल्नी समय पाइहाल्यो भने २ मिनटमा सक भन्नि अनि आफू अनलिमिटेड भट्टाईरहने । अनि पार्टीका कार्यक्रममा उपस्थित भएका जति सबैले भाषण नगरि नहुने । कार्यकर्ताले चित्त बुझाउन वा नबुझाउन तर बोल्न नछोडनि ।कार्यक्रममा बसेका मान्छे सकिए सकियुन तर आफू बोल्नै पर्यो कसैलाइ माइनस गर्न छ भने आयोजकलाइ उसलाइ बोल्न नदे मलाइ ले भन्ने अनि बन्छ त पार्टी ? कार्यक्रमको आयोजना गरेर कसैलाई प्रमुख अतिथि बनायो उसले २-३ घन्टा कुराउने, काम नभए झै २ घन्टाको कार्यक्रमका लागि दिनभरि बिताउनी, हाम्रा दिनचर्याहरू यस्तै छन केही भन्यो बिरोध गर्यो भन्ने र उसले सुझाव दिनेलाई विरोधि सम्झेर कामको जिम्मेवारी नदिने । कहि कतै अवसर आएछ भने राम्रो नराम्रो कुरा भएन आफ्नो र आफुलाइ चाप्लुसि गर्नेलाई व्यवस्था मिलाउने केही मापदण्ड छैन उसको मान्छे भएसि भैगो । यस्ता विषयलाइ सुधार गर्नु अहिलेको तडकारो आवश्यकता छ । अब हामीहरूले राम्रैसग पाठ सिक्नु पर्छ नकि हिजको जस्तो तरिकाले पार्टी चल्दैन र राम्रो पनि हुदैन । नेकपा एमालेप्रति देशमा जनता र कार्यकर्ताको राम्रो पङति छ तर यसलाई गतिलो परिचालन र एक ढीक्काका साथ अगाडि लानुपर्ने आवश्यकता छ । त्यसका लागि हामी हिजका गल्तीको निर्मम समीक्षा गर्दै अगाडिको बाटो तय गर्नु सिवाय अरू केही छैन । फेरि पनि हामी गुटमा विभाजित भइ वैमनश्यताको बाटोतर्फ लाग्यौ भने ईतिहासले हामीलाई धिक्कार्ने छ। हामी हिज कहाबाट आएको र भोलि कहाँ जानी भन्ने बिषयलाई भुल्नुहुन्न । अन्जानमा गरिएका गल्तीलाइ आफै महशुस गर्दै जानी जानी गरिएका गल्तिप्रति आत्मआलोचित हुनु सबैको दायित्व हो । सबैले गरेको देश र जनताका लागि हो भन्ने कुरालाई लिइ आफ्ना लागि गरिएका कुराबाट आत्मग्लानीका साथ माफि माग्नु आजको माग हो । कोही कसैको हुदैन र कोही सबैको हुन्छन भन्ने कुरालाई नबिर्सि ईतिहास निर्माणमा एमाले पङती अगाडि बढनु अहिलेको आवश्यकता हो ।






