छ वर्षीय बालकलाई गाडीको ठक्कर, चालक फरार

गोल्डेन बुढा
जुम्ला,५ असोज ।
जुम्ला सदरमुकामबाट गुठिचौर गाउँपालिका–३ गज्याङकोटतर्फ जाँदै गरेको गाडीले एक बालकलाई ठक्कर दिएको छ। गम्भीर घाइते बालकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने, ठक्कर दिने गाडीका चालक फरार छन्।प्रहरीका अनुसार गाडीको ठक्करबाट गुठिचौर–३ निवासी ६ वर्षीय मुकेश बुढा गम्भीर घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बाबु रेग्मीले घटनापछि चालक फरार रहेको र उनको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको जानकारी दिए। “घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्कालै घटनास्थलमा पुगिसकेको छ,” डीएसपी रेग्मीले भने, “चालकको पहिचान खुलाउने प्रयास भइरहेको छ।”घाइते बालकलाई तत्काल उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ। हाल उनी चिकित्सकहरूको निगरानीमा छन्।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।






