काेहलपुरमा भेटियो ८ फिट लामो गोही, उद्दार क्रममा बनकर्मी घाइते

२, असोज २०८२
बाँके ।काेहलपुर नगरपालिका वडा नम्बर–१४ पार्वतीपुर टोलमा किसानको खेतमा ८ फिट लामो गोही भेटिएको छ। अकस्मात खेतमा गोही देखिएपछि किसानहरु आतंकित बनेका थिए।

स्थानीय समाजसेवी बर्मा हरिजनले जिल्ला बन कार्यालयलाई खबर गरेलगत्तै बन प्राविधिक गणेश आचार्यको नेतृत्वमा उद्दार टोली पुगेको थियो। उद्दारका क्रममा सुरक्षा निकायका जमदार छेतुराम चौधरीलाई गोहीले बायाँ हातमा टोक्दा घाइते भएका छन्। हाल उनी दशबिगाहा अस्पतालमा उपचाररत छन् र चिकित्सकका अनुसार हातमा १४ टाँका लागेको छ।

गोहीलाई सुरक्षित रूपमा उद्दार गरी नियन्त्रणमा लिइएको जिल्ला बन कार्यालयले जनाएको छ। साथै घाइते चौधरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीयले जोखिम मोलेर समेत उद्दारमा खटिने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरेका छन्।

 

काेहलपुरमा भेटियो ८ फिट लामो गोही, उद्दार क्रममा बनकर्मी घाइते

पहिरो पन्छाएपछि खुल्यो कर्णाली राजमार्ग

काेहलपुरमा भेटियो ८ फिट लामो गोही, उद्दार क्रममा बनकर्मी घाइते

बर्दियामा नेपालको पहिलो बेपत्ता योद्धा स्मृति पार्क,

Leave a comment

Your email address will not be published. Required fields are marked *