पहिरो पन्छाएपछि खुल्यो कर्णाली राजमार्ग

गाेल्डेन बुढा 
जुम्ला ,१ असोज ।

मंगलबार बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालीकोटको शुभकालिका-१ गगने खोलामा पुनः झरेको पहिरो दुईवटा मेसिन प्रयोग गरेर हटाइएपछि बाटो खुलाइएको हो । गगने खोला पारीपट्टीको डाँडा पूरै खसेको थियो ।

पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुईवटा मेसिन लगाएर काम गरिएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए । गगने खोलामा वर्षा हुनेबित्तिकै लेदो र ढुंगासहित झर्ने पहिरोले यात्रुलाई सास्ती दिने गरेको छ ।

पहिरो पन्छाएपछि खुल्यो कर्णाली राजमार्ग

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

पहिरो पन्छाएपछि खुल्यो कर्णाली राजमार्ग

काेहलपुरमा भेटियो ८ फिट लामो गोही, उद्दार

Leave a comment

Your email address will not be published. Required fields are marked *