कर्णाली नदीमा बेपत्ता मजदुर मृत फेला


सुर्खेत । ड्रमको डुंगा चढेर कर्णाली नदी तर्ने क्रममा बेपत्ता मजदुरको शव मंगलबार फेला परेको छ ।

कर्णाली करिडोरको घाटचौर–लैफु सडकमा काम गर्ने मुगु रारा छायानाथ नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल सोमबार बिहान कर्णाली नदीमा बेपत्ता भएका थिए ।

१० महिनादेखि कर्णाली करिडोरमा ज्याला मजदुरी गर्दै आएका सेजुवाल कर्णाली नदी पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुंगा चढेर काम गर्ने ठाउँमा आउने क्रममा नदीमा बेपत्ता भएपछि प्रहरीसहित स्थानीयले खोजी गरेका थिए ।

बेपत्ता युवाको शव फेला पारेर आफन्तको जिम्मा लगाइएको कालिकोटका निमित्त प्रहरी प्रमुख किशोर केसीले बताए ।

कर्णाली करिडोरको कालिकोट पलाता–९ मा पर्ने घाटपारी चौरदेखि बाजुराको लैफूसम्म ११ किलोमिटर चट्टान विस्फोटनसहित नेपाली सेनाले जिम्मा लिएर निर्माण गरिरहेको छ । उक्त सडक हाल घुमाउरो बाटो हुँदै नानिकोटको बोलु गाउँबाट घाटपारी चौर झारिएको छ । कर्णाली नदीको तीरैतीर ट्याग खुलेपछि १० किलोमिटर छोटो पर्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *