टिङ्कर गाउँ जोड्ने काठेपुल बगे

दार्चुला, ३० साउन ।
टिङ्कर खोलाको बाढीले  छाङ्गरुदेखि टिङ्करसम्मका तीन स्थानका पुल बगाएको छ । पुल बगेपछि  टिङ्कर गाउँसँगको सडक सम्पर्क विच्छेद   भएको छ । टिङ्कर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल बाढीले बगाएको व्यास गाउँपालिका–१ का वीरेन्द्रसिंह तिङ्करीले जानकारी दिए ।

टिङ्करमा रहेका नेपाल टेलिकमको टावरले पनि काम नगरेको उनले बताए । बाढीबाट गाउँमा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए । उनले भने, “टिङ्कर सीमा प्रहरीचौकीसँग सञ्चारसेटमार्फत सम्पर्क भएको छ । क्षति भएको स्थानको वस्तुस्थिति बुझ्‌न टिङ्करबाट प्रहरी परिचालन भएका छन् ।” छाङ्गरुदेखि टिङ्करसम्मको झण्डै ३०० देखि ४०० मिटर बाटो पनि बगेको छ ।

टिङ्कर गाउँ जोड्ने काठेपुल बगे

विच्छ्याको बाढीले बस्ती जोखिममा

टिङ्कर गाउँ जोड्ने काठेपुल बगे

भारतबाट आयातित औलोको प्रकोप बाँकेमा बढ्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *