दुई सय ३०किसानलेे पाए ‘गाेठालाे भत्ता’
गाेल्डेन बुढा
जुम्ला,१ असार।
जुम्लाको सिंजा गाउँपालिका -६ भाडगाँउका भेडापालक किसान भिमबहादुर रावतले १८ हजार रुपैयाँ भत्ता पाए।एक सय बढी भेडा पालेका उनलेे गोठालो भत्ता पाएपछि व्यवसायमा निकै उत्साहित भएका छन् । ‘गोठालो भत्ताबापत पाउने रकमले भेडामा देखिने रोगको उपचार खर्चदेखि अन्य काममा सहयोग पुगेको छ,’ उनले भने। यस्तै ८० भेडा भेडा पालेका उक्त गाउँका हरि बहादुर रावत संकटमा पर्न थालेको व्यवसायलाई सरकारको आर्थिक सहयोग दिन थालेकाले खुसी लागेको बताउँछन् ।
‘सरकारी कर्मचारीले मात्र तलबभत्ता पाउँछन्।भन्ने थाहा थियोे, भेडा पाल्दा पनि भत्ता पाइँदो रहेछ,’ उनले भने्। गोठालो भत्ताले किसानलाई निकै राहत दिएको उनको अनुभव छ।यस्तै जुम्लाको गुठिचाैर गाउँपालिका -२ माेतिराम ऐडीले पनि गोठालो भत्ताले भेडा किसानलाई राहत पुगेको बताए। यस्तै जुम्लामा चालु आर्थिक वर्षमा २ सय ३० जना किसानले गोठालो भत्ता पाएका छन्। कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पालेका किसानले प्रत्येक वर्ष भत्ता उपलब्ध गरिरहेको छ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले भेडा पालन व्यवसायमा संलग्न किसानहरूलाई राहत स्वरूप गोठालो भत्ता वितरण गर्ने कार्य गरिरहेको छ। जुम्लाकाे एक मात्र चन्दननाथ नगरपालिका र सात वटा गाउँपालिका भित्रका भेडा पालक किसानलाई भत्ता वितरण भइरहेको छ। चन्दननाथ नगरपालिकाका १८ जना, मध्ये पुरुष १५ जना, महिला ३ जना छन्।तातोपानी गाउँपालिकामा ३१ जना मध्येमा महिला ३ पुरुष २८ जना,तिला गाउँपालिकाका २२ जना मध्ये महिला किसान ८ जना पुरुष किसान १४ जनाले पाए।यस्तै सिँजाका ३७ जना भित्र, ८ जना महिला छन् भने २९ जना पुरुष किसानले पाए।
यता कनकासुन्दरीका ११ जना किसान मध्ये ३ जना महिला छन् भने, २९ जना पुरुष किसान छन्।यस्तै हिमा गाउँपालिकाका ६ जनामा ३ महिला ३ पुरुष किसानले गोठालो भत्ता पाए।यता पातारासी गाउँपालिका ६५ जना मध्येमा २१ महिला र ४४ जना पुरुष किसानले भत्ता लिए। गुठीचौर गाउँपालिकाका ४० जना १७ महिला र २३ पुरुष किसानले गोठालो भत्ता पाएका छन्।पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाका अनुसार २ सय ३० किसान मध्ये १ सय ६४ जना पुरुष किसान छन्,भने ६६ जना महिला छन्।तीन दलित किसानले गोठालो भत्ता पाएका हुन्।
५० भन्दा बढी भेडा पाल्ने किसानले गोठालो भत्ता पाउँदै आएका छन् । गोठालो भत्ता कार्यक्रमले किसानलाई राहत मिलेको पशु चिकित्सकहरु बताउँछन्।जुम्लामा ‘भेडापालन गर्ने किसान बढेका छन्,’ । जुम्लामा भेडा मात्र पाल्ने किसान १७ सयभन्दा बढी छन् । जुम्लामा ८८ हजार ३ सय ८८ भेडा पालिएका छन् । भने ४६ हजार तीन सय ६ बाख्रा छन्। ६९ हजार हेक्टर चरन क्षेत्र छ।‘भत्ता कार्यक्रमले किसानलाई हौसला थपेको छ, योसँगै भौतिक संरचना निर्माण, खर्क सुधार कार्यक्रम र चरन क्षेत्र विस्तारमा समेत जोड दिनुपर्ने देखिन्छ,’ बुढ्थापाले भने।सबैभन्दा धेरै भेडापालन पातारासी गाउँपालिकामा गरिएको छ ।
अहिले भेडालाई चरन क्षेत्र अभाव र रोगको संक्रमण फैलने डर छ । कर्णाली प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय अन्तर्गतको पशुपक्षी विकास निर्देशनालयले जुम्ला, कालिकोट हुम्ला, मुगु, डोल्पामा कार्यक्रम लागु गरेको छ।कृषकलाई व्यावसायिक रूपमा पशुपालनतर्फ अग्रसर गराउनमा लागि ‘गोठालो भत्ता’ कार्यक्रम ल्याएको थियो । कृषि क्षेत्रमा आकर्षण बढाउन र कृषकको जीवनयापनमा सहयोग पुर्याउने कार्यक्रमकाे उदेश्य छ।आर्थिक वर्ष ०७८/०७९ देखि लागु भएको हो।प्रक्रिया पुरा गरे पनि नाम नपरेको, आवेदन प्रक्रियाको जानकारी नहुनु वा आवश्यक कागजात अभाव जस्ता कारणहरूले गर्दा केही किसानहरूले गोठालो भत्ता प्राप्त गर्न सकेका छैनन् ।कार्यालयका प्रमुख बुढाथापाका अनुसार, “भत्ता वितरण निश्चित मापदण्ड अनुसार हुने गर्छ ।
केही किसानहरूको विवरण अधुरो वा ढिला पुगेको हुन सक्छ, जसका कारण उनीहरू सूचीमा पर्न नसकेका हुन् ।” ग्रामीण तथा दुर्गम बस्तीका किसानहरू भने यो कार्यक्रमबाट वञ्चित भइरहेका छन् ।सूचना अभाव, कमजोर पहुँच, प्रशासनिक झन्झट तथा आवश्यक कागजात सङ्कलनको कठिनाइका कारण ग्रामीण किसानहरू यो योजनाबाट लाभ लिन नसकेको बताइएको छ ।
स्थानीय तहमा पशु तथा पन्छी क्षेत्रमा बजेट प्राथमिकतामा छैन । जिल्लामा अहिले पशु प्राविधिक ४० जना छन् । एक पशु प्राविधिकले ७ हजार ६८ भन्दा धेरै भेडाको रेखदेख गर्नुपर्ने बाध्यता छ । जिल्लाभर ६ पशु चिकित्सक छन् । हिमा, तिला र चन्दननाथ नगरपालिकामा पशु चिकित्सक छैनन् ।
क्याप्सन: भेडा चराउँदै गरेको तस्बिर गाेल्डेन बुढा!