समोसा बेचेर मासिक ४० हजार कमाउँछन भिमबहादुर

जुम्ला, ३१ बैशाख ।
जुम्लाको चन्दननाथ नगरपालिका –६ छिना गाउँकी ३६ वर्षिय भिमबहादुर रावलले समोसा बिक्री गर्न थालेको २४ वर्ष पूरा भयो। सदरमुकाम खलंगामा दाजुभाइ समोसा होटल संचालन गरेका छन्। रावलले २०५८ सालदेखि समोसा बेच्न थालेका हुन्।रावलले चिया बेचेरै नाम, दाम र पहिचानसमेत बनाएका छन् । बिहान ८ देखि अबेर साँझसम्म उनको होटलमा समोसाका पारखीले घेरिरहेको हुन्छ ।

‘दैनिक सबेरै होटलमा आउँछु, साँझ ८ बजेपछि बन्द गरेर घर फर्कन्छु, विगत २४ वर्षदेखिको मेरो दैनिकी यही हो’, भिमबहादुरले भने, ‘समोसा व्यापारकै कारण अन्य व्यापार, जागिर र वैदेशिक रोजगारका बारेमा सोच्न नसकेको उनी बताउँछन्।रावलका अनुसार,सबै खर्च कटाएर मासिक ४० हजार रुपैयाँ बचत हुन्छ। बार्षिक ४ लाख ८० हजार चोखो बचत भइरहेको छ।समोसा खानेहरुको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्ने गरेको रावल बताउँछन्।

जिल्ला खेलकुद विकास समितिको टहरा लिजमा लिएका छन्। उनले बार्षिक भाडा ३६ हजार रुपैयाँ तिर्छन्।उनको होटलमा दुईवटा समोसा ३० रुपैयाँमा बिक्री भइरहेको छ।यता यसमा रावलकी श्रीमती तिर्सना रावलले साथ दिइरहेकी छन्। तिर्सना भन्छिन् साथी,संगतिहरुसँग भेटघाट हुँदा होस् वा दिउँसोको खाजा खाने समय सयौं संख्यामा ग्राहकहरु पुग्छन्।

विद्यार्थी, कर्मचारी, युवायुवती बढी आउँछन्,’ कहिलेकाहीँ नजिकैका विद्यालयमा समोसा दिएर पुग्छु।उनले भनिन्।कुनै पनि व्यवसाय इमान्दारीपूर्वक निरन्तर गरिरहने हो,भने एक दिन अवश्य सफलता मिल्ने रहेछ रावलले बताइन्। रावललाई अहिले गफगाफ गरेर मोबाइल चलाएर बस्ने फुर्सद छैन। बिहान ५ बजेबाट रावल समोसा बनाउँछिन्। स्थानीय नेता, समाजका अगुवा सबै समोसा खान आउछन् ।

समाजका हरेक सूचना पनि थाहा पाइन्छ।समोसा पकाउँदा आम्दानीमात्र होइन, आदत नै बनिसक्यो रावलका दम्पतीको।पछिल्लो केही समयदेखि जेरी,पुरीतरकार,चिया,छोला समोसा र चाउमिन बिक्री गर्दै आइरहेका छन्। दुईवटा जेरी ३० रुपैयाँ, पुरीतरकारी ६० रुपैयाँ,छोला समोसा ६० रुपैयाँ, हाप प्लेट चाउमिन ६० रुपैयाँ र चिया २० रुपैयाँ पर्छ।

स्वादिष्ट र छिटोछरितो हुने उपभोक्तामा छाप परेको छ।उनिहरुले १ छोरा र २ छोरीको शिक्षादीक्षा तथा पालनपोषण तथा घरायसी खर्च सबै समोसा बिक्री गरेर आएको रकमले धानेका छन्।जेठी मेनका रावल काठमाडौंमा तीन वर्षे कोर्ष एचए पढ्दै छिन्। छोरा समीर रावल साइन्स पढ्दै छन्।भने कान्छी छोरी कविता जुम्लामै निजी स्कुलमा अध्ययनरत छन्।तीनै छोराछोरीको पढाइको खर्च बेहोर्न सजिलो भएको छ।

यस्तै रावलका दम्पतीले नेपालगन्जमा ३० लाख ,सुर्खेतम १२ लाख र जुम्लामै ६ लाखको घडेरी लिएका छन्।भने जुम्लाम ४ लाख स्याउ बगैंचा र दुई लाखको खेत किनेका छन्। यता जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक हेर्दा पाँच वर्षमा तिन हजार ७ सय ५६ जनाले राहदानी लिएको देखिन्छ।आर्थिक वर्ष२०७७/०७८ देखि २०८१/०८२ को असोज मसान्तसम्म कुल ३ हजार ७ सय ५६ जनाले राहदानी बनाएका हुन्।

चालू आर्थिक वर्ष २०८१/०८२ मा ६ सय ३२ जना बढीले राहदानी लिएका छन् । जसमध्ये १ सय ५७ महिना र ४ सय ७५ पुरूष छन् । आर्थिक वर्ष २०८०/०८१ मा ७ सय ८३ जना छन्।जसमा १ सय ४२ जना महिला र ६ सय ४१ जना पुरूष छन्।यस्तै आर्थिक वर्ष २०७९/०८० मा १ हजार ४ सय ५ छन्। महिला संख्या २ सय ४० र पुरूष १ हजार १ सय ६५ छन।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६ सय जनाले राहदानी लिएको तथ्यांकले देखाउँछ।जसमध्ये महिला २ सय ४६ र पुरूष ३ सय ३ सय ५४ छन्। र आर्थिक वर्ष २०७७/०७८ मा ३ सय ३६ जनाले राहदानी लिएको तथ्यांक सार्वजनिक गरिएकोमा छ । जसमा १ सय महिला र २ सय ३६ पुरूष छन् ।

क्याप्सनः रावलका दम्पतीहरु समोसा बेच्दै गरेको : गोल्डेन बुढा !

समोसा बेचेर मासिक ४० हजार कमाउँछन भिमबहादुर

सम्पादकीय : कर्णालीको अवस्था सुध्रिने नीति आवश्यक

Leave a comment

Your email address will not be published. Required fields are marked *